Lifestyle Portal
  •   २८ श्रावण २०७९, शनिबार

एटिएम बुथमा तोडफोड गरिरहेको अवस्थामा २ जना पक्राउ

२३ मंसिर २०७७, मंगलवार १९:३८

लोकप्रिय

बाँके। नेपालगंज उपमहानगरपालिका-१८ कारकाँदोस्थित माछापुच्छ्रे बैंकको एटिएम बुथमा तोडफोड गरिरहेको अवस्थामा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत रुपैडिया बाबागंज बस्ने २१ वर्षीय मोबिन अली र सोही ठाउँ बस्ने २१ वर्षीय सलवान अली रहेका छन् ।

केही मानिसहरुले एटिएम मेशिनमा चोरी गर्न लागेको भन्ने सूचना प्राप्त हुना साथ जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उक्त एटिएम बुथ तोडफोड गरी भाग्न लागेको अबस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरु उपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । हिमालयन टेलीभिजनका प्रधानसम्पादक पत्रकार राजेन्द्र बानियाँले देशका सञ्चारमाध्यमहरु युवाहरुको आवाज बन्नुपर्ने बताउनु भएको छ । अन्तराष्ट्रिय युवा दिवसको

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष सम्मननीय गणेश प्रसाद तिमल्सिनाले देशको राजनीतिमा युवाको हस्तक्षेपकारी भुमिका भएमात्र परिवर्तन सम्भव हुने बताउनुभएको छ

पर्वको बहानामा अराजकता फैलाएको भन्दै ‘विश्व हिन्दू परिषद् नेपाल’द्वारा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको छ ।

भारत सरकारको अनुदान सहयोगमा कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिका–९ मा अवस्थित शिवभरी माध्यमिक विद्यालय र श्री जानकी उच्च माध्यमिक विद्यालयका लागि