मोटरसाइकल चोरी गरेको अभियोगमा भक्तपुरबाट ४ जना पक्राउ


भक्तपुर । भक्तपुर नगरपालिका-४ राममन्दिर र चाँगुनारायण नगरपालिका-९ ताथलीबाट ३ थान मोटरसाइकल चोरी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सूर्यविनायक नगरपालिका-८ बस्ने दोलखा सैलुङ गाउँपालिका-२ घर भएका २३ वर्षीय सोनाम वाईबा, सोही ठाउँ बस्ने १९ वर्षीय फुर्बा घिसिङ, १८ वर्षीय किशोर र भक्तपुर पुरानोठिमी बस्ने सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका-२ घर भएका २१ वर्षीय जिवन तामाङ रहेका छन् ।

मोटरसाइकल चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले चाँगुनारायण नगरपालिका-९ ताथलीमा जाँच गर्दा चोरी भएको बा.८३ प ७७७३ नम्बरको मोटरसाइकल सहित सोनाम र फुर्बालाई बिहीबार राति तथा प्र.३-०२-००८ प ७५८५ र प्र.३-०२-०१४ प ०५९४ नम्बरका मोटरसाइकल सहित सूर्यविनायक नगरपालिका-८ सूर्यविनायकबाट अन्य २ जनालाई शुक्रबार दिउँसो पक्राउ गरेको हो ।

उनीहरुलाई जिल्ला अदालत भक्तपुरबाट चोरी कसूरमा ५ दिन म्याद अनुमति लिई थप अनुसन्धान तथा कारवाही भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।


Loading comments...