जिवित सुनगोहोरो प्रजाति र संरक्षित वन्यजन्तुको आखेटोपहार सहित दुई जना पक्राउ


काठमाडौं । टोखा नगरपालिका-२ चण्डेश्वरीबाट संरक्षित घस्रने जातको ८ वटा जिवित सुनगोहोरो र १ थान संरक्षित वन्यजन्तु चितुवाको टाउको (आखेटोपहार) सहित २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मोरङ कानेपोखरी नगरपालिका-१ बस्ने ४१ वर्षीय भेष बहादुर थापा र तेह्रथुम लालिगुराँस नगरपालिका-४ बस्ने ४६ वर्षीय डिल्लीमान पौडेल रहेका छन् ।
संरक्षित वन्यजन्तुको आखेटोपहार एवं जिवित सुनगोहोरो (सरिसृप) प्रजाति अवैध रुपमा ओसार-पसार तथा बेचबिखन गर्न लागेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले जिवित सुनगोहोरो प्रजातीको उद्दार गरी वन्यजन्तुको आखेटोपहार सहित उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक कानूनी कारवाहीको लागि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज कार्यालय बुढानिलकण्ठ काठमाडौंमा बुझाईएको उक्त ब्यूरोले जनाएको छ ।


Loading comments...