Lifestyle Portal
  •   ३१ श्रावण २०७९, मंगलवार

साउदीमा १ हजार ४ सय अवैधानिक नेपाली कामदारलाई बहिर्गमन भिसा

४ पुष २०७७, शनिबार ००:१७

दोहा– साउदी सरकारले थप ५८ जना अवैधानिक नेपाली कामदारलाई एक्जिट भिसा (बहिर्गमन भिसा)को अवसर दिएको छ ।

यो प्रकृयाको थालनी भएदेखि साउदी सरकारले हालसम्म १ हजार ४ सय ६ जना नेपालीहरुलाई बहिर्गमन भिसा जारी गरिसकेको साउदीस्थित नेपाली दूतावासले जनाएको छ । परिचयपत्र (अकामा( जारी नगरी, नवीकरण नगरी वा कम्पनी छोडी भागेर काम गरिरहेका अवैधानिक कामदारका लागि यस्तो अवसरको व्यवस्था गरिएको दूतावासले जनाएको छ । ​बहिर्गमन भिसा नहुँदा घर फर्कन नपाएका श्रमिकको विवरण लिएर दूतावासले बहिर्गमन भिसाका लागि साउदी सरकारलाई अनुरोध गरेको थियो ।

बहिर्गमन भिसा लागेकाले भने स्वदेश फिर्तीका लागि तयारी गर्न दूतावासले अनुरोध गरेको छ । अझै ठूलो सङ्ख्यामा बहिर्गमन भिसाका लागि निवेदन पारेकोले सोको सूची साउदी सरकारलाई बुझाएको र भिसा लाग्नसाथ नामावली प्रकाशन गरिने दूतावासले जनाएको छ ।

दूतावासले साउदीको श्रम तथा सामाजिक विकास मन्त्रालयले १ महिना भन्दा वढी अवधि अकामा नवीकरण नभए, नयाँको हकमा ४ महिना भन्दा वढी अवधि अकामा जारी नभएको तथा कम्पनी छोडी भागेर कालोसूचीमा परेका तर कुनै पनि मुद्दा मामिला, दण्ड, जरिवाना नपरेका कामदारका लागि बहिर्गमन भिसा जारी गर्ने व्यवस्था मिलाएको थियो ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

यही आउदो शनिबार 4 Jun मा UK (बेलायतमा) गोर्खा कपको भब्य आयोजना गरिने भएको छ । तमु धिं युके ले

सिसेल्स । गणतन्त्र सिसेल्सको भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले गणतन्त्र सिसेल्सका रोजगार तथा सामाजिक मामिलामन्त्री प्याट्रिका

साउदीको राजकुमार Faisal Bin Fahran Al Saud हिजो नेपाल आउनु भएको र आज बंगलादेश जान लागेको समाचार आज विहान ९

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज