Lifestyle Portal
  •   २१ माघ २०७९, शनिबार

चिनियाँ हस्तक्षेप विरुद्ध मसाल जुलुस सहित प्रदर्शन

१५ पुष २०७७, बुधबार १५:१०

लोकप्रिय

काठमाणडौ । चिनियाँ हस्तक्षेप बढेको भन्दै ‘स्वतन्त्र युवा’ नाम गरेको संगठनले मंगलबार साँझ काठमाडौैंमा मसाल जुलुस निकालेको छ ।

चिनियाँ हस्तक्षेप बन्द गर, चिनियाँ दूतावास मुर्दाबाद भन्दै नारा लगाउँदै हात्तीसारस्थित चिनियाँ दूतावासको कन्सुलर भवनदेखि लाजिम्पाटस्थित राष्ट्रपति कार्यालयसम्म मसाल जुलुस प्रदर्शन गरिएको थियो ।

काठमाडौं र पोखरामा एक साथ निकालिएको जुलुसबाट प्रहरीले २५ जना पक्राउ गरेको छ । काठमाडौंबाट आठ र पोखराबाट १७ जनालाई पक्राउ गरिएको सो संगठनका एक सदस्यले बताए ।

चीनको चार सदस्यीय प्रतिनिधिमण्डलले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपा अध्यक्ष बाबुराम भट्टराईलगायतसँग भेटवार्ता गरेको थियो ।

चिनियाँ उपमन्त्री गोउ यचौंको नेतृत्वमा आएको टोलीले आफूखुसी नेपालका नेताहरु भेट्दै सुझावका नाममा हस्तक्षेप गरेपछि स्वतन्त्र युवा नामक संगठनले विरोध जनाउँदै प्रदर्शन गरेको हो ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भक्तपुर, १७ पुस: अङ्ग्रेजी नयाँ वर्ष, २०२३ को पहिलो दिन । भक्तपुरका प्रमुख गन्तव्य मानिएका पर्यटकीयस्थल नगरकोटदेखि रानीकोटसम्मका होटल स्वदेशी

“आमा मलाई हुर्काउनु भो, पढाउनु भो, माया दिनुभयो । अब म हजुरको सधैँ सेवा गर्छु है” भन्दै नारायणी नमूना मावि

खजुरा, १५ पुस : निकै तामझामका साथ नेपालगञ्जको ऐतिहासिक पर्यटकीय ताल रानीतलाउलाई सञ्चालनमा ल्याइए पनि अहिले संरक्षणको अभावमा पुनः जीर्ण

महोत्तरी, १३ पुस महोत्तरीको बर्दिबास नगरपालिका स्थित तल्लो पाटुको विवादित जग्गालाई विद्यालयको संरक्षणमा ल्याइएको छ । पाटु स्थित जन जागृत