६४ जिल्लाका ९ हजार ८४ जनाले लगाए खोप ! (कुन प्रदेशमा कति ?)


काठमाडौं । कोभिड-१९ खोप अभियानअन्तर्गत आज (बुधबार) पहिलो दिन नौ हजार ८४ जनाले खोप लगाएका छन् ।

६४ जिल्लाका ९३ केन्द्रबाट खोप वितरण गरिएकामा वाग्मती प्रदेशबाट सबैभन्दा धेरै दुई हजार ६ सय ९४ जनाले खोप लिएका हुन् । त्यस्तै प्रदेश १ बाट एक हजार दुई सय ५५, २ बाट सात सय २६, गण्डकीबाट एक हजार आठ सय ४३ लुम्बिनीबाट सात सय ३३, कर्णालीबाट सात सय ५१ र सूदूरपश्चिमबाट एक हजार ८२ जनाले खोप लिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खोप लगाएका कसैलाई पनि कुनै समस्या नदेखिएको पनि मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।


Loading comments...