भारतद्वारा भारतीय सीमा लक्ष्मीपुर-बलाराबाट सर्लाही जिल्लाको गढैयासम्म कालोपत्रे सडक निमार्ण


वीरगञ्ज । सर्लाही जिल्ला अन्र्तगत भारतिय सीमाको लक्ष्मीपुर-बलाराबाट गढैया सम्म भारत सरकारको आर्थिक सहयोग ने.रु ४४.४८ मिलियनको सहयोगमा निर्मित कालोपत्रे सडकको श्री नितेश कुमार, महावाणिज्यदूत, भारतको महावाणिज्य दूतावास, विरगञ्ज र श्री विनोद कुमार मौवर, डिभिजन प्रमुख, सडक विभाग, चन्द्रनिगाहपुर, रौतहटद्वारा संयुक्त रुपमा गरियो ।

भारत सरकारको “नेपाल भारत विकास सहकार्य” अन्तर्गतको सहयोग कालोपत्रे सडक निमार्णमा उपयोग गरियो । यस अन्तर्गत दुईवटा प्याकेजहरु छन्, पहिलो ४.४६ कि.मि. को भारतिय सीमा लक्ष्मीपुर–बलरा–मिर्जापुर र दोश्रो १.६२ कि.मिको मिर्जापुर–गडहिया सडक/हुलाकी सडक । यो परियोजना भारत सरकार र नेपाल सरकार बिचको समझौता अन्र्तगत एक उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा लिईएको थियो ।

उक्त सडक निमार्णका लागि भारतिय दुतावास, काठमाण्डौ र भौतिक पुर्वाधार विकास तथा यातायात मन्त्रालय अन्तर्गत जनकपुर सडक विभाग, डिभिजन सडक विभाग मुजेलिया बिच सम्झौता भएको थियो । हालमा उक्त परियोजना चन्द्रनिगाहपुर सडक विभाग अनर्तगत रहेको छ । भर्खरै कालोपत्रे गरिएको भारत नेपाल सिमा जोडने सडकले दैनिक यात्रा गर्ने यात्रुहरुको आवागमन सहज गर्ने आशा गरिएको छ ।

यो परियोजनाले भारतको नेपालसंगको विकासमा साझेदारी प्रतिविम्बित गर्दछ र नेपाल सरकारको पुर्वाधार विकासको प्रयासलाई सहयोग पुर्‍याउने छ ।


Loading comments...