Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार

चिनियाँ ठेकेदार पक्ष र मजदुरबीच कुटाकुट हुँदा ६ जना घाइते

१२ चैत्र २०७७, बिहीबार १०:१८


नवलपरासी । बुटवल-नारायणगढ सडक निर्माणका चिनियाँ ठेकेदार र मजदुर पक्षबीच कार्यालय हातामा कुटाकुट भएको छ। उक्त घटनामा परी ६ जना घाइते भएका छन् । बुटवल-नारायणगढ सडक खण्डअन्तर्गत रजहरमा रहेको चिनियाँ साइड अफिसमा बुधबार अपराह्न उनीहरु बीच कुटाकुट भएको हो।

नेपाली मजदुरहरुले चिनियाँ पक्षले आज वार्तामा बोलाएर एक्कासी कुटपिट गरेको आरोप लगाएका छन् । त्यहाँ जिल्ला प्रहरीबाट खटिएका सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरीका एसपी प्रकाश मल्लले दुबै पक्षबीच हात हालाहाल भएको भन्ने जानकारीका आधारमा प्रहरी घटना साम्य भएको र ६ जना घाइते भेटिएकोले उनीहरुलाई उद्धार गरेर अस्पताल पुर्‍याइएको जानकारी दिए ।

बुटवल-नारायणगढ सडक आयोजनाअन्तर्गत दाउन्ने गैंडाकोट खण्डका इन्जिनियर तथा सूचना अधिकारी कृष्ण आचार्यले माटो र डिजल चोरीको अभियोग लगाएर १३ जनाको तबल रोक्का गरेर छानबिन थालेको चिनियाँ ठेकेदार पक्षले जानकारी गराएको सुनाए । उनका अनुसार नेपाली पक्षले चिनियाँले आरोप लगाएको र आफूहरुले नचोरेको दाबी गरेका छन् ।

१७ अर्बको लागतमा दुई वर्षअघि चिनियाँ कम्पनीले काम जिम्मा लिएको थियो । बुटवल-नारायणगढ सडक फराकिलो पार्ने कामको जिम्मा लिएको चाइना स्टेट इन्जिनियरिंग कर्पोरेसन लिमिटेड (सिएससीइसी)को हेल्चेक्र्याइँका कारण कामले तीव्रता पाएको छैन ।

नोट: तस्वीर सांकेतिक

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा

भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको

चार दिने औपचारिक भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकास र समृद्धिको प्रमुख साझेदार भारत भएको बताउनुभएको छ

प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले आफ्नो चार दिवसीय भारत भ्रमणका क्रममा आज दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग दिल्लीमा भेटवार्ता गर्नुभएको