बाह्रौं बाल नाटक महोत्सव अन्तिम चरणमा


चैत एक गते देखि भर्चुअल रूपमा सुरुवात भएको बाल नाटक महोत्सव चैत बाह्र गते कर्मी नाट्री समुह चितवनको प्रस्तुति ” नयाँ कदम” मन्चन भएसंगै नाटक मन्चन हुने क्रम सकिएको छ ।

शैली थिएटर, नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठान र रुसि विज्ञान तथा साँस्कृतिक केन्द्रको संयुक्त आयोजनामा भएको बाल नाटक महोत्सव भर्चुअल रूपमा भएको थियो।शैली थिएटरले आफ्नो युटुब च्यानल मार्फत सहभागी नाटकको भिडियो प्रसारित गरेको थियो ।

महोत्सवका निर्देशक नवराज बुढाथोकीले जनाए अनुसार ” रङ्गमन्चमा मन्चित नाटक प्रत्यक्ष हेर्नुको स्वाद भिडियो नाटकबाट प्राप्त हुँदै हुँदैन ।

अहिलेको परिस्थितिले हामीलाई भौतिक उपस्थितमा बालबालिका संग रहेर काम गर्न चुनौती भयो, त्यसैले, बालबालिकाको सृजनशिलता र नाटक प्रतिको मोहलाई जगाइ राख्न भर्चुअल भएपनी बाल नाटक महोत्सवको आयोजना गरेका हौं । आज अन्तिम नाटक प्रसारित हुँदा सम्म बाह्रौं चरणको बाल नाटक महोत्सव नयाँ सिकाई र अनुभव संगै सफल भयो भन्ने लागेको छ ।”

प्रसारित नाटक डिजिटल पल्याटफर्म अन्तर्गत शैली थिएटर को युटुब च्यानलमा रहिरहने छ्न । कुनै पनि बेला नाटक प्रेमी दर्शक महानुभावले हेरेर प्रतिक्रिया दिन सक्नुहुने छ । महोत्सव संयोजक सरस्वती अधिकारीले भनिन ।

महोत्सवको पहिलो चरण सकिएको छ। अब यस्को मुल्यांकन गरि उत्कृष्ट तीन नाटक छनोट गर्ने जिम्मा निर्णायक मन्डलले गर्नु हुनेछ। अबको एक हप्ता भित्र नतिजा सार्वजनिक गर्नेछौं ।

नतिजा प्रकाशित गरेसंगै बाह्रौं बाल नाटक महोत्सव औपचारिक रूपमा समाप्त हुनेछ । ” संयोजक अधिकारिले प्रकाश पारिन ।


Loading comments...