Lifestyle Portal
  •   १५ चैत्र २०७९, बुधबार

हार्बर कलेजद्वारा कोरोना भाइरसको दोस्रो लहरको महामारीमा स्वाथ्य सामग्री र अक्सिजनको लागि आर्थिक सहयोग

५ जेष्ठ २०७८, बुधबार ००:१९


अष्ट्रेलियन हार्बर इन्टरनेसनल कलेजले बिद्यमान कोरोना भाइरसको दोस्रो लहरको महामारीमा स्वाथ्य सामग्री र अक्सिजनको लागि आर्थिक सहयोगका लागि पहिलो चरणमा २,००,००० सहयोग गर्ने भएका छन् । झापा जन्म स्थान भएका नेपाली मुलका अष्ट्रेलियन ब्यावसायी मातृका बिमोली र सुमन भेट्वालले कोभिड स्वास्थ्य सामाग्री र अक्सिजनको खरिदका लागि दुई लाख रकम सहयोग गरीने भएको हो ।

बिगत पच्चीस बर्ष देखि अष्ट्रेलियामा बसोबास गर्दै आउनु भएका संचालक द्वय बिमोली र भेट्वालकै लगानी भएको NAPS कलेजले अष्ट्रेलियाको उच्च शिक्षा हेर्ने बिभाग(TEQSA)ले स्नातक अध्ययन संचालनको लागि स्विकृती प्रदान गरेको छ ।

एक हजार भन्दा बढि नेपाली बिध्यार्थी हरू लाई विभिन्न कोर्स प्रदान गरी नेपाली बिध्यार्थी हरू र अन्तर्राष्ट्रिय बिध्यार्थीहरूको मन जित्न सफल हार्बर कलेजले अष्ट्रेलियामा बिध्यार्थी हरू लाई गुणस्तरीय शिक्षा र अतिरिक्त सहयोग मात्र गरेको छैन, नेपालमा दु:ख सुख पर्दा समेत सहयोगी साबित भएको छ ।

अष्ट्रेलियन हार्बर इन्टरनेसनल कलेजका संचालक मातृका बिमोलीले भन्नुभयो, “एक नेपालीलाई अफ्ठ्यारो पर्दा अर्को नेपाली हेरेर बस्न सक्दैन । यतिबेला प्रबासमा रहेका नेपाली हरूले एकजुट भएर यो महामारी लाई टार्नु परेको छ ।”

यसपटक पनि कोभिडको दोस्रो लहरका लागि सहयोग पुर्याउने उद्देश्य अनुरुप नेपाल शैक्षिक परामर्श संध इक्यान झापा केन्द्रको समन्वयमा भइरहेको स्वास्थ्य सामाग्री र अक्सिजनको खरिदका लागि आर्थिक सहयोग विनियोजन भैसकेको कलेजका बजार ब्यबस्थापक मुकेश धमलाले जानकारी गराउनुभयो ।

“बिद्यमान संकटको सामना गर्न झापामा रहेको शाखा कार्यालयले अक्सिजन बैंक स्थापना गरि सेवा पुर्याउने कामलाई हार्बर कलेजद्वारा गरीयको यो आर्थिक सहयोगले यो संकटको आहतमा राहत पुग्ने छ । ” इक्यानका केन्द्रिय उपाध्यक्ष शेष राज भट्टराईले भन्नुभयो ।

शैक्षिक सस्था संगसंगै कानुन ब्यावसाय समेत संचालन गर्नु भएका हार्बर कलेजका सन्चालक सुमन भेट्वालले अष्ट्रेलियामा रहेका नेपाली समुदायसंग पनि सहयोगका लागि कुरा भैरहेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, ” पहिलो कोभिड लहरमा पनि हामीले पिपिई निर्माणका निम्ति राष्ट्रिय आबिस्कार केन्द्र लाई आर्थिक सहयोग गरेका थियौ।”

यतीमात्र होइन गरिब तथा जेहेन्दार बालबालिकालाई छात्रवृत्ति, शैक्षिक परामर्श संध संस्थाहरूका समानान्तर अभियान लगायतका थुप्रै कृयाकलापमा अष्ट्रेलियन हार्बर इन्टरनेसनल कलेजले आफुलाई कृयाशील बनाएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

अष्ट्रेलियाको गोल्ड कोस्ट शहरमा सम्पन्न “गुर्खास कप २०२३” को उपाधि आयोजक गुर्खास किचेनले जितेको छ । उपाधिका लागि फाइनल खेलमा

यही आउदो शनिबार 4 Jun मा UK (बेलायतमा) गोर्खा कपको भब्य आयोजना गरिने भएको छ । तमु धिं युके ले

सिसेल्स । गणतन्त्र सिसेल्सको भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले गणतन्त्र सिसेल्सका रोजगार तथा सामाजिक मामिलामन्त्री प्याट्रिका

साउदीको राजकुमार Faisal Bin Fahran Al Saud हिजो नेपाल आउनु भएको र आज बंगलादेश जान लागेको समाचार आज विहान ९