
नागरिकता अध्यादेशको पक्षमा प्रदर्शन
१२ जेष्ठ २०७८, बुधबार २१:३६
नागरिकताविहीन जनताले नागरिकता पाउने भएपछि स्थानीयले नागरिकता अध्यादेशको समर्थनमा रौतहट, बारासहित मधेशका विभिन्न जिल्लामा प्रदर्शन गरेका छन् ।
सरकारले नागरिकता समस्या समाधान गर्ने उद्देश्यले सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जारी नेपाल नागरिकता अध्यादेशबारे नेकपा एमालेबाट निष्कासित नेता भीम रावल, जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द, नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेले विवादित एवम् भ्रामक वक्तव्यबाजी गरेपछि स्थानीय आक्रोशित बनेका हुन् । आक्रोशित बनेका स्थानीयले आज विभिन्न स्थानमा उनीहरुविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका छन् ।
नेपालको नागरिकता प्राप्त नागरिकका सन्तानलाई नागरिकता दिने उद्देश्यले आएको अध्यादेशलाई अनुचित ढंगबाट विवादित एवं बदनाम गराउन तराई-मधेशमा नागरिकताको पसल खुल्यो, सिक्किमीकरण वा फिजिकरण हुने भयो भनेर अर्नगल दुष्प्रचार गरेको भन्दै त्यस्ता हर्कत गर्नलाई खबदारी गर्न प्रदर्शन गरेको रौतहटका नागरिक समाजका अगुवा राजकिशोर यादवले बताए ।
देशमा अस्थिरता र द्वन्द्व चाहनेहरुको गिरोहले मधेशी जनता र महिलाहरुको पक्षमा आएकोले नपचेकोले त्यस्ता जनविरोधीहरुको आम नागरिकले प्रतिकार गर्ने बारा जिल्लाका अगुवा एवम् प्रदेश सदस्य महम्मद समीरले बताए ।
सयौँको संख्यामा नागरिकले “नागरिकता अध्यादेश विरोधी होसियार, आफ्नै देशमा शरणार्थी बनाउन पाईदैन ।” “जनविरोधी देउवा-प्रचण्ड मुर्दावाद, नेपाल सरकारको निर्णय जिन्दावाद, मधेश विरोधी उपेन्द्र माधव मुर्दावाद !” “नागरिकको भविष्यसंग खेलवाड़ गर्न पाईदैन, नागरिकता विरोधी नेता चाहिदैन ।” “ओली सरकार जिन्दावाद, राष्ट्रीय एकता जिन्दावाद ।” जस्ता नारा लगाउदै प्रदर्शन गरेका थिए ।
झुटो र भ्रामक सन्देशमार्फत साम्प्रदायिकता भड्काउन खोजेको भन्दै हिजो मात्र वीरगञ्जमा नेकपा एमालेका निस्काशित नेता भिम रावलको पुतला दहन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा
भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको
चार दिने औपचारिक भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकास र समृद्धिको प्रमुख साझेदार भारत भएको बताउनुभएको छ
प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले आफ्नो चार दिवसीय भारत भ्रमणका क्रममा आज दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग दिल्लीमा भेटवार्ता गर्नुभएको