सिद्धार्थ शुक्ला (Sidharth Shukla) को निधन पछि भारतमा किन ट्रेण्ड हुनथाल्यो ‘बालिका बधु’ को ११५७ औं श्रृंखला, कारण यस्तो छ


आधूनिक भारतीय टेलिभिजनको बहूचर्चित मेघासिरियल ‘बालिका बधु’ (Balika Badhu) मार्फत् आफ्नो कलाकारीता प्रमाणित गरेका सिद्धार्थ शुक्ला अब यस संसारमा छैनन । तर उनलाई चर्चाको शिखरमा पुर्याउने उनको टीभी शो ‘बालिका बधु’ को एउटा पुरानो भिडियो अहिले सामाजिक सञ्जालहरुमा भाइरल भएको छ । यो हो ‘बालिका बधु’ शोको ११५७ औं श्रृंखला । जसमा सिद्धार्थले सह-कलाकार प्रत्‍युषा बेनर्जीसँग भएको विवाह देखाइएको छ ।

अभिनेता तथा ‘बिग बोस १३’ का बिजेता सिद्धार्थ शुक्ला (Sidharth Shukla) को निधनले बलिउड तथा भारतीय टेलिभिजन उद्योगलाई ठूलो चोट दिएको छ । सामाजिक सञ्जालमा भारतीयहरु अहिले सिद्धार्थको सम्झना गरिरहेका छन् तथा उनलाई अझै पनि आफ्नो प्रिय कलाकारले यो धर्ती छाडेको भन्ने कुरा विश्वास गर्न कठिन भइरहेको छ ।

यहीबिच अहिले उनीद्वारा मुख्य भूमिकामा अभिनय गरिएको ‘बालिका बधु’को एउटा श्रृंखला अहिले पुनः चर्चामा पुगेको छ । र त्यो हो ११५७ औं श्रृंखला, जसमा उनको विपरित अभिनय गरेकी कलाकार प्रत्युषा बेनर्जीसँग भएको वैवाहिक कार्यक्रमको विषयवस्तु समेटिएको थियो । स्मरणीय रहोस् भारतमा बालविवाहको मुद्दा बोकेर तयार भएको बहूचर्चित मेघासिरियल ‘बालिका बधु’की मुख्य कलाकार प्रत्‍युषा बेनर्जीले पनि सन् २०१६ मा यो संसारबाट विदा लिएकी थिइन्, उनले आत्महत्या गरेकी थिइन् ।

किन चर्चित भयो ‘बालिका बधु’को पुरानो एपिसोड?
उक्त मेघासिरियलको उक्त ११५७ औं श्रृंखला अहिले भारतमा तिब्र गतिमा विभिन्न सामाजिक सञ्जालहरुमा आगो झै फैलिन थालेको छ । उनको अभिनयलाई पछ्याउने तथा मनपराउने फ्यानहरुले अहिले गुगलमा सिद्धार्थको निधन पछि उनको विवाह तथा उनको परिवार बारे सर्च (खोज्न) गर्न थालेका छन् । अहिले भारतमा जुन शब्द उनीबारे बढी खोजिदै छ त्यसमा ‘परिवार’, ‘विवाह’, ‘श्रीमती’ तथा ‘विवाहको मिति’ जस्ता किवर्डहरु रहेका छन् ।

भाईरल भिडियोमा देख्न सकिन्छ विवाहका पुरा रितिरिवाज
उक्त मेघासिरियलको उक्त ११५७ औं श्रृंखलामा शिवको भूमिकामा सिद्धार्थ तथा आनन्दीको भूमिकामा प्रत्‍युषालाई हिन्दु वैदिक आस्था अनुसारको विवाह तथा विवाह पछिका अनेक रित तथा विधिहरुमा भाग लिंदै गरिएको देखाइएको थियो । दुवैले एक-अर्काको आँखामा मायालू भावमा हेर्ने तथा कहिले काँही मजाक गर्दै गरेको दृश्य समावेश गरिएको छ । आनन्दीले यस क्रममा शिवलाई ‘कलेक्टर साहेब’ भनेर सम्बोधित गरेकि छिन् ।

शोको तीन कलाकारले छाडे संसार
तपाईंलाई जानकारी रहोस् कि बहूचर्चित मेघासिरियल ‘बालिका बधु’ (Balika Badhu) का तीन प्रमुख लोकप्रिय कलाकारहरुले यो संसार छाडीसकेका छन् । सिद्धार्थ शुक्ला तथा प्रत्‍युषा बनर्जी बाहेक शो की ‘हजूरआमा – दादी सा’ को भूमिका निभाउने कलाकार सुरेखा सीकरीले पनि ७५ वर्षको उमेरमा गत जुलाई १६, २०२१ मा यो संसार छाडेकी थिइन् ।

शोकमा बलिउड – बलिउड कलाहरुले ट्वीटरमार्फत् दिएको श्रद्धाञ्जलीहरु

यो पनि हेर्नुहोस्ः BREAKING : ‘बिग बोस’ फेम तथा टीभी कलाकार सिद्धार्थ शुक्ला (Siddharth Shukla) को हृदयघातबाट मृत्यु


Loading comments...