युरोपेली छनोटमा बेल्जियमको सानदार जित, अर्को खेलमा चेक रिपब्लिक बिजयी


काठमाण्डौ । विश्वकप छनोट अन्तर्गत युरोपेली छनोट खेलमा बेल्जियमले सानदार जित निकालेको छ । बिहीबार समूह ‘ई’को खेलमा बेल्जियमले इष्टोनियाविरुद्ध ५–२ गोल अन्तरले जित हासिल गरेका हो ।

बेल्जियमको जितमा स्ट्राइकर रोमेलु लुकाकुले दुई गोल गरे । यस्तै हान्स भनाकन, एलेक्स विट्सल, थोमस फोकटले एक- एक गोल गरे । इष्टोनियाका लागि माटियस काईट र इरिक सोर्गले एक-एक गोल गरे ।

घरेलु मैदानमा इष्टोनियाले अग्रता बनाएको थियो । उसका काईटले दोस्रो मिनेटमै गोल गरेका थिए । यसपछि बेल्जियमले लगातार पाँच गोल गरेको थियो ।

समूह ‘ई’ को अर्काे खेलमा चेक रिपब्लिकले बेलारुसलाई १-० गोल अन्तरले पराजित गर्याे ।

जितसँगै बेल्जियमले चार खेलबाट १० अंक जोडदै शीर्षस्थानमा रहेको छ । यस्तै समान चार खेलबाट सात अंक जोडेको चेक दोस्रो स्थानमा छ ।

दुई खेलमात्रै खेलेको बेल्स तीन अंकसहित तेस्रो स्थानमा छ । समान अंकसहित एक खेल बढी खेलेको बेलारुस तीन अंकसहित चौथो स्थानमा छ । तीन खेलबाट कुनै अंक नजोडेको इष्टोनिया तालिकाको पुछारमा छ । न्युजकारखाना


Loading comments...