Lifestyle Portal
  •   ११ कार्तिक २०७८, बिहीबार

म्युनिख ‘जर्मन बुन्डेस लिगा’ फुटबलकाे दोस्रो स्थानमा उक्लियो

२७ भाद्र २०७८, आईतवार ०८:४७

इटाली । जर्मन बुन्डेस लिगा फुटबलमा बायर्न म्युनिख सहज जितसँगै दोस्रो स्थानमा उक्लिएको छ । शनिबार रातिको खेलमा बायर्नले आरबी लाइपजिगलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफमा बायर्नले १ गोल गर्दा दोस्रो हाफमा कुल ४ गोल भएका थिए । भ्रमणकारी टोलीका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले १२औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ४७औँ मिनेटमा जमल मुसिआलाले गोल गरे । ५४औँ मिनेटमा लोरी सानेले गोल गर्दै बायर्नलाई ३-० को अग्रता बनाए । लाइपजिगका कोर्नार्डले ५८औँ मिनेटमा गोल गर्दै अंक दूरी ३-१ मा झारे ।

तर, थपिएको समयमा एरिक म्याक्सिमले गोल गर्दै बायर्नलाई ४-१ को जित दिलाए । जितसँगै बायर्नले चार खेलमा १० अंक जोडेको छ । बायर्न दोस्रो स्थानमा उक्लिएको हो ।

लाइपजिग तीन अंक जोडेर १३औँ स्थानमा छ । बुण्डेस लिगामा उल्सबर्ग चार खेलबाट शतप्रतिशत जित निकाल्दै शीर्ष स्थानमा छ ।

अन्य खेलमा बोरुसिया डर्टमुण्डले रोमाञ्चक खेलमा बायर्न लेभरकुसेनलाई ४-३ ले पराजित गरेकाे छ । डर्टमुण्डको जितमा एर्लिङ हालान्डले दुई गोल गरे । न्युजकारखाना

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

IND VS PAK : सर्वाधिक लोकप्रिय खेल टोली भारत – टी-२० विश्वकप क्रिकेट अन्तर्गत पाकिस्तानबिच भर्खरै सम्पन्न खेलमा पाकिस्तानले आकर्षक

IND VS PAK : सर्वाधिक लोकप्रिय खेल टोली भारत – पाकिस्तानबिच भर्खरै सम्पन्न खेलमा पाकिस्तानले आकर्षक खेल कौशल प्रस्तुत गर्दै

T20 WC – Ind Vs Pak: भारत तथा पाकिस्तानको खेल प्रारम्भ हुनुअघि भारतीय टोलीले घुँडा टेकेको छ भने पाकिस्तानी टोलीले

पाकिस्तानलाई १५२ रनको लक्ष्य टी-२० विश्वकप क्रिकेट अन्तर्गत भर्खरै सम्पन्न पहिलो पारीको भारत-पाकिस्तानबिचको खेलमा भारतले पाकिस्तान सामू १५२ रनको चुनौती