युभेन्ट्सको दोस्रो हार, नापोली शिर्षस्थानमा


इटाली । इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले दोस्रो हार व्यहोरेको छ । शनिबार रातिको खेलमा युभेन्ट्स घरेलु टोली नापोलीसँग २-१ गोल अन्तरले पराजित भएको हो ।

लोरेन्जो इन्सिङ्गेको कप्तानीमा मैदान आएको युभेन्ट्स एक गोलको अग्रता जोगाउन नसक्दा दोस्रो खेलमा पराजित हुन बाध्य भयो ।

खेलको दशौँ मिनेटमा अल्भारो मोरटाले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ५७औँ मिनेटमा माटियो पोलीटानोले गोल गर्दै नापोलीलाई १-१ गोलको बराबरीमा फर्काए । खेलको ८५औँ मिनेटमा कालिडोउ कोउलीबलीले गोल गर्दै नापोलीलाई २-१ को जित दिलाए ।

जितसँगै नापोलीले तीन खेलमा अपराजित रहँदै नाै अंक जोडेर शीर्ष स्थानमा छ । युभेन्ट्स एक अंक जोडेर १६औँ स्थानमा छ । अर्को खेलमा फिओरेन्टिनाले एटालान्टालाई २-१ गोल अन्तरले पराजित गरेकाे छ । न्युजकारखाना


Loading comments...