Lifestyle Portal
  •   २० असार २०७९, सोमबार

नेपाल निजामती कर्मचारी संगठनका कर्मचारी नेताहरू पक्राउ

५ आश्विन २०७८, मंगलवार १०:३९

काठमाण्डौ । नेपाल निजामती कर्मचारी संगठनका ९२ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार साँझ उनीहरू पक्राउ परेका हुन् ।

केदार देवकोटा नेतृत्वमा संगठनका नेताहरू कार्यालयमा बसिरहेको समयमा अर्को पक्षले कार्यालय कब्जा गर्न खोजेको थियो । त्यसपछि दुवै पक्षबीच विवाद भएको थियो । विवादपछि प्रहरीले देवकोटासहितका ९२ भन्दा बढी कर्मचारी नेतालाई पक्राउ गरेको हो ।

केही दिन अघि माधव नेपाल पक्ष र ओली पक्षीय कर्मचारीहरूले छुट्टाछुट्टै भेला आयोजना गर्दै अध्यक्ष घोषणा गरेका थिए । त्यसपछि एउटाले कार्यालय नछोड्ने र अर्कोले कार्यालय कब्जा गर्ने रणनीति बनाएपछि विवाद भएको हो ।

निजामती कर्मचारी नेताहरू पक्राउ परेपछि एमाले नेता शंकर पोखरेलले आपत्ति जनाएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘नेपाल निजामती कर्मचारी संगठनको कार्यालयमा भएको प्रशासनिक हस्तक्षेप निन्दनीय छ । संगठनका अध्यक्ष लगायत सबैलाई तत्काल रिहा गर ।’ न्युजकारखाना

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

असार १९, वीरगंज । विश्व हिन्दू परिषद् नेपाल, पर्सा निकट युवाहरुद्वारा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकामा विरोध प्रदर्शन गरिएको छ ।

भारत सरकारको अनुदान सहयोग अन्तर्गत नेपालका विविध हितग्राही संस्थाहरुलाई ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार प्रदान गरिएको

नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले आज राष्ट्रपति भवन, शितल निवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी

नेपालका लागि नव–नियुक्त भारतीय राजदूत महामहिम नवीन श्रीवास्तव आज काठमाडौं आइपुग्नुभएको छ । श्रीवास्तव करियर कूटनीतिज्ञ हुनुहुन्छ । काठमाडौं आउनु