नेपाली सेनाका तालिमरत अधिकृतहरूद्वारा प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण


काठमाण्डौ । नेपाली सैनिक वार कलेज नगरकोटमा Higher Command and Management Course सि.सं. १० का तालिमरत महासेनानी ३१ जना र प्रमुख सेनानी ४ जना गरी ३५ जना अधिकृतहरूबाट प्रहरी प्रधान कार्यालयको बुधबार अवलोकन भ्रमण सम्पन्न भएको छ ।

सो क्रममा उहाँहरूले प्रहरी प्रधान कार्यालयस्थित कमाण्ड सेन्टर, केन्द्रीय पोलिग्राफ शाखा, डाटा सेन्टर, केन्द्रीय फरेन्सिक ल्याब, केन्द्रीय हेल्थ डेक्स र सङ्ग्राहलय समेतको अवलोकन गर्नुभयो ।

उक्त अवसरमा नेपाली सेनाका सहायक रथीहरु प्रेमध्वज अधिकारी, सागर बहादुर थापा, प्रेम पुन र टंक प्रसाद भट्ट, प्रहरी नायव महानिरीक्षक वसन्त कुमार लामा लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।


Loading comments...