Lifestyle Portal
  •   ७ कार्तिक २०७८, आईतवार

भारत र नेपालद्वारा भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरुको प्रगतिबारे समिक्षा

१४ आश्विन २०७८, बिहीबार १७:२६

भारत र नेपालले २०७८ आश्विन १४ गते काठमाडौंमा भूकम्प पछिको पुनर्निर्माण परियोजना सम्बन्धि संयुक्त परियोजना अनुगमन समिति (जेपीएमसी) को बैठक आयोजना गर्यो । उक्त बैठक भारत सरकार विदेश मन्त्रालय (उत्तरी महाशाखा) का सहसचिव श्री अनुराग श्रीवास्तव र नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव श्री सुशीलचन्द्र तिवारीको सह–अध्यक्षतामा सम्पन्न भएको हो ।

भारत सरकारको सहयोगमा नेपालमा संचालित भूकम्प पछिको पुनर्निर्माण परियोजनाहरुको प्रगतिको समिक्षा गर्न हेतु सन् २०१७ अगस्टमा संयुक्त परियोजना अनुगमन समिति (जेपीएमसी) संयन्त्रको स्थापना भएको थियो । उक्त बैठकमा नेपाल सरकारका सम्बन्धित मन्त्रालय, विभाग एवम् निकायका प्रतिनिधि, भारत सरकारका अधिकारी, परामर्शदाता तथा परियोजनाको कार्यान्वयनमा संलग्न सरोकारवालाहरुको उपस्थिति थियो । यस अघि जेपीएमसीको बैठक २०७६ फाल्गुण २५ गते भएको थियो ।

बैठकले भारत सरकारको सहयोगमा नेपालका आवास, शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदाको क्षेत्रमा संचालित भूकम्प पछिको पुनर्निर्माण परियोजनाहरुको प्रगतिको बृहत समिक्षा गर्यो ।

आवासको क्षेत्रमा भारत सरकारको आर्थिक सहयोगमा गोरखा र नुवाकोट जिल्लामा सफलतापूर्वक ५०,००० निजी घरको पुनर्निर्माण भएकोमा बैठकमा दुवै पक्षले सन्तुष्टि व्यक्त गरेका थिए ।

त्यस्तै दुवै पक्षले शिक्षा, सांस्कृतिक सम्पदा र स्वास्थ्यको क्षेत्रमा अघि बढिरहेका पुनर्निर्माण परियोजनाहरुमा भएको प्रगतिको सराहना गरेका थिए ।

जेपीएमसीको अर्को बैठक दुवै पक्षलाई पायक पर्ने मितिमा गर्ने सहमति भयो ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

हाल नेपालको मध्य भाग आसपास अवस्थित न्यून चापिय क्षेत्रको सामान्य प्रभाव रहेको छ। देशभर आंशिक देखि सामान्य बदली रही बागमती

भारत सरकारको सहयोगमा निर्माण भएको जयनगर–कुर्था सीमापार रेलमार्ग भारतले एक समारोहबीच आज नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । उक्त समारोहमा

हाल भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको छ

हाल बंगालको खाडिमा र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा