IND VS PAK BREAKING: टी-२० विश्वकपमा पाकिस्तानले रच्यो इतिहास – १० विकेटले भारत पराजित


IND VS PAK : सर्वाधिक लोकप्रिय खेल टोली भारत – टी-२० विश्वकप क्रिकेट अन्तर्गत पाकिस्तानबिच भर्खरै सम्पन्न खेलमा पाकिस्तानले आकर्षक खेल कौशल प्रस्तुत गर्दै भारतलाई १० विकेटले पराजित गरेको छ । यो जितसँगै भारतविरुद्ध जीतविहिन टी-२० विश्वकप क्रिकेट इतिहासको श्रृंखलामा पनि ब्रेक लागेको छ । यस क्रममा भारतीय बलिङ पूर्णरुपमा फेल रह्यो, पेस बलिङको आक्रमणमा ओर्लिएको भारतको स्पिन कला यस खेलमा देख्न पाइएन ।

खेलको १३ बल बाँकी रहँदै पाकिस्तानले यो खेल जितेको हो ।

टी-२० विश्वकप क्रिकेट अन्तर्गत सम्पन्न खेलको पहिलो पारीमा भारतले पाकिस्तान सामू १५२ रनको चुनौती पस्किएको थियो । भारतीय पारीलाई न्यून रनभित्र सिमित राख्न पाकिस्तानको स्पिन बलिङको भूमिका उत्कृष्ट रह्यो ।

यो पनि पढ्नुहोस्ः IND VS PAK LIVE Update: भारत विरुद्ध पाकिस्तान – भारतद्वारा पाकिस्तानलाई १५२ रनको चुनौती

टस हार्दै पहिले ब्याटिङ रोजेको भारतले खेलको शुरुवात राम्रो गर्न सकेन । तथापी भारतीय टोलीले सात विकेट गुमाउँदै १५१ रन बनाएको थियो । जसमा महत्वपूर्ण कफ्तानी पारी खेल्दै भारतका कफ्तान विराट कोहलीले सर्वाधिक ५७ रन बनाए, यसका लागि उनले ४९ बल खर्चिएका थिए । उनको यस पारीमा पाँच चौका तथा एक छक्का संलग्न छ ।

त्यस्तै ऋषभ पन्तले ३० बलको सहयोगमा ३९ रन जोडेका थिए । यो नै भारतीय पारीको दोश्रो सर्वाधिक रन रह्न गयो । उनको पारीमा दुई छक्का तथा दुई चौका संलग्न छ ।

टी-२० वर्ल्डकप इतिहासमा पहलो हार
टी-२० क्रिकेटको विश्वकप खेल प्रतियोगिताको इतिहासमा भारत तथा पाकिस्तानले अहिलेसम्म ६ पटक आमना-सामना गरेका छन् । दुबईमा खेलिएको आजको खेल यस्तो पहिलो मौका थियो जसमा पाकिस्तानले शानदार जीत दर्ता गर्न सफल रह्यो । सन् २००७ देखि २०१६ सम्म टी-२० विश्वकपमा भएका हरेक भिडन्तमा भारतले पाकिस्तानलाई पराजित गर्दै आएको थियो ।

टी-२० क्रिकेट विश्वकपमा भारत-पाकिस्तानको खेल इतिहास
• सन् २००७- भारतले पाकिस्तानलाई पराजित गरेको (बल आउट)
• सन् २००७- भारतले पाकिस्तानलाई ५ रनले पराजित गर्दै ट्रफि उचालेको (फाइनल)
• सन् २०१२- भारतले पाकिस्तानलाई ८ विकेटले पराजित गरेको (श्रीलंका)
• सन् २०१४- भारतले पाकिस्तानलाई ७ विकेटले पराजित गरेको (बंगलादेश)
• सन् २०१६- भारतले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको (भारत, कोलकाता)
• सन् २०२१- पाकिस्तानद्वारा भारत १० विकेटले पराजित (दुबई)

केवल टी-२० क्रिकेट विश्वकप मात्र हैन ५० ओभरको क्रिकेट विश्वकपमा समेतमा अहिलेसम्म पाकिस्तानले भारतलाई पराजित गर्न सकेको छैन, यो पहिलो जित हो जुन कुनै पनि विधाको क्रिकेट विश्वकपमा पाकिस्तानले सफलता प्राप्त गर्यो ।

५० ओभरको क्रिकेट विश्वकपमा भारतको रेकर्ड
• सन् १९९२: पाकिस्तानलाई ४३ रनले पराजित गर्यो
• सन् १९९६: पाकिस्तानलाई ३९ रनले पराजित गर्यो
• सन् २००३: पाकिस्तानलाई ६ विकेटले पराजित गर्यो
• सन् २०११: पाकिस्तानलाई २७ रनले पराजित गर्यो
• सन् २०१५: पाकिस्तानलाई ७६ रनले पराजित गर्यो
• सन् २०१९: पाकिस्तानलाई ८९ रनले पराजित गर्यो

भारतीय कफ्तान विराट कोहलीको नेतृत्वमा भारतीय टोलीले यो पहिलो हारको रेकर्ड बनाएको हो । स्मरणीय रहोस् टी-२० फर्मेटमा कोहलीको यो अन्तिम् ठूलो प्रतियोगिता हो । यस्तोमा विराट कोहलीको नाम भारतले कहिल्यै नचाहेको एउटा रेकर्ड आज दर्ता भएको छ ।

यो पनि पढ्नुहोस्ः
IND VS PAK LIVE स्कोर Update दोस्रो पारी: पाकिस्तानको ब्याटिङ शुरू, १५२ रनको लक्ष्य सामना गर्न बाबर र रिजवानको ओपनिङ

अनि यो पनिः खेल अघि किन घुँडा टेकेर बसे भारतीय खिलाडी? कमाउँदैछ चारैतिर वाहवाही


Loading comments...