के हो गोत्र ? किन सम्भव हुदैन सगोत्री बिवाह ?


नेपालमा बहुजाति बहुभाषी र बहुधार्मिक सम्प्रदायहरु छन् । हामीकहाँ कोही मामा चेला फुपु चेलीसम्म बिवाह गर्ने जाति छन त कोही दाजुको मृत्युपश्चात भाउजुलाई दुलही बनाएर राख्ने समेत संस्कार र परम्परा रहेका पनि छन ।

तर हिन्दु ब्राम्हणहरुमा भने एउटै कुल अर्थात एउटै बंशमा विवाह गर्ने काम वर्जित नै छ । उनीहरुमा एउटै गोत्र प्रवरबाहेक एउटै थरमा समेत बिहेवारी हुदैन । तर आधुनिक पुस्तामा भने गोत्रको ज्ञान धेरै कमलाई मात्र भएको पाइन्छ । उनीहरुमा गोत्र र आफ्नो परम्परागत मुल्य मान्यताको ज्ञान समयमा नहुनाले त्यसबाट बेलाबेलामा बिभिन्न सामाजिक र पारिवारीक समस्या आउने गरेको छ ।

जस्तो कि हामीकहा आमापटीको अर्थात मावलीको थरमा कुनै पनि केटाकेटिको विवाह गर्ने परम्परा छैन । समयको परिवर्तनसंगै बुढामावलीको चाहि अहिले थर समेत चलाउन थालिएको छ खालि पुस्ता मात्र एउटै हुनु हुन्न । यि सव कुराको ज्ञान नहुदा केटाकेटी बिच पे्रम सम्वन्ध बस्ने र कयौ जोडीहरु पे्रमलाई बिवाहमा परिणत गर्न नपाई आत्महत्याको बाटो रोज्ने समेत घटनाहरु बढिरहेका छन ।

समाज परिवर्तनशिल छ । समाजका मूल्य मान्यताहरु क्रमश परिवर्तन हुन्छन । हिजोका धार्मिक कट्टर व्यत्तित्वहरु आज केहि मात्रामा भएपनि परिवर्तन भइसकेका छन । यद्यपि सबै परिवर्तन हुन भने केही समय लाग्दछ । यसै सन्दर्भमा धेरैले नजानेको र जिज्ञासा लाग्न सक्ने बिषय हो गोत्र ।

के हो गोत्र ? किन सम्भव हुदैन सगोत्री बिवाह ?

गोत्र शव्दको अर्थ बंश कुल हो । गोत्र प्रणाली हिन्दुहरुको समाजमा लागु भएको पाइन्छ । गोत्र प्रणालीको मूख्य उद्येस्य कुनै पनि व्यक्तिको प्राचीनतमा व्यक्तिसग सम्वन्ध स्थापित गर्नु हो । उदाहरणको लागि कुनै पनि व्यक्तिको गोत्र अत्रि हो भने उसलाइ अत्रि ऋषिका सन्तानको रुपमा बुझिन्छ । त्यस व्यक्तिको वंश वैदिक ऋषि अत्रिबाट शुरु भएको हो भन्ने बुझिन्छ । त्यसैले अत्रि गोत्र र अत्रि गोत्रका केटाकेटी बिच विवाह सम्पन्न हुन सक्दैन । एउटा गोत्रका पनि थुपै थर हरु हुन्छन जस्तो पौडेल,दुलाल,थापा लगायतका थुपै्र थरका मानिसहरुको आत्रेय गोत्र हुन्छ । यसैका आधारमा पौडेल र दुलाललाइ सगोत्री मानिन्छ र उनिहरु बिच आपसमा विवाहवारी समेत वर्जित गरिएको छ ।

हिन्दु विवाहमा गोत्रको ठूलो महत्व रहेको हुन्छ । विवाह छिन्ने समयमा चिना टिप्पन हेर्नु भन्दा पहिला नै गोत्र र प्रवर हेर्ने गरिन्छ । शास्त्रिय मान्यताअनुरुप एउटै गोत्रमा बिवाह गर्नु भनेको महापाप निम्त्याउनु हो । गोत्रको सम्वन्ध रगतले निर्धारण गरेको छ भने प्रवरको सम्वन्ध अध्यात्मले । मत्स्य पुराणको अनुसार कुनै पनि ब्राम्हणको साथमा सगोत्री विवाह भयो भने त्यसले ठूलो अनिष्ठ निम्त्याउदछ । उनिहरुको बैवाहिक जीवन सुखमय हुन सक्दैन ।

यस्तो बिचारले हालसम्म पनि हिन्दुहरुमा बिश्वासका साथ जरा गाडेको पाइएको छ । यस सम्वन्धमा धर्मशास्त्रमा भनिएको छ “सगौत्रााय दुहितरेव प्रयच्छेत्” अर्थात समान गोत्रका पुरुषलाई कन्या दिनु हुदैन । सगोत्री कन्या विवाह गर्ने ब्राम्हण च्युत हुन जान्छ । यसरि विवाह भएका जोडीहरु जन्मने सन्तान पनि गतिला हुदैनन भनेर धर्मशास्त्रमा किटान साथ भनिएको छ ।


Loading comments...