Lifestyle Portal
  •   १७ श्रावण २०७८, आईतवार

बिवाहको सरलीकरण

२८ पुष २०७५, शनिबार ०७:५७

गत महिना जब समीर र सन्तोषीको बिवाह भयो, तब उनीहरुले निधो गर्नुपर्ने धेरै कुराहरु थिए । बिवाह कहाँ गर्ने ठाँउ छान्नपर्ने थियो, हुन त न समीर न सन्तोषी दुबै धार्मीक त हैनन तथापी बिवाहमा हुने धार्मिक रित अनि तिनका बिभिन्न पाटाहरुका चाँजोपाँजो पनि उनीहरुले नै मिलाउनुपर्ने थियो । अझ बिशेष कुरा त के थियो भनें, बिवाहपछिको भोज अर्थात पार्टी । अहिले नेपाली समाजमा मात्र नभईकन विश्वब्यापी रुपमै बिवाह भोज अनि पार्टीले एउटा उपभोक्तासीपको हुरी नै ल्याएको छ । फलानाको बिवाहमा यस्तो पार्टी, बेहुला बेहुलीको डिजायनर्स लुगा, महँगा ड्रिकंस, पार्टी प्यालेश लगायत थुप्रै अन्य कुराहरु । साथीको बिवाहमा गएको पैँचो आफ्नो बिवाहमा तिर्ने अनि बिवाहलाई पैंचो तिर्ने अनि भोज र भत्तेर संग मात्र दाँज्ने एउटा रवाफीलो चलन आएको छ , हैन र ?

समीर र सन्तोषीले एक्अर्कालाई दुई बर्ष अघि एउटा सार्वजनिक कार्यक्रममा भेटेका हुन् र पछि गएर काम बिशेषले बिदेश जादाँ सगैं उनिहरुको प्रेम झनै झँगिएको हो । पार्टी सभ्यतामा बिवाहपछि धेरैजसो छोरा पक्षलाई आयोजक मानिन्छ, समीर अहिले बिवाह पछि पार्टी भन्दा भविष्यको लागि पैसो जोगाउन चाहन्छ । हुन त न्यूयोर्क टाइम्सले आफ्नो फेब्रुअरीको सस्मरणमा सन् २०१८ मा लेखेको छ कि बिदेशमा पनि अहिले आएर बिवाहको पार्टी संस्कार अत्यन्त घट्दै आएको छ भनेर । न्यूयोर्क टाइम्स थप्दछ कि पार्टी कल्चर बिवाहका लागि एउटा सम्मान भन्दा पनि झन्झट हुन थालेको छ । तर हाम्रो विश्वमा भने त्यस्तो छैन्, पार्टी कल्चर सभ्यताको चरममा छ । जाने अबिवाहीत हरु आफ्नो बिवाहमा पैंचो तिर्ने सोचमा हुन्छन् अनि अभिभावकहरु आफ्नो सन्तानको बिवाहमा पैंचो तिर्ने सोचमा हुन्छन् । अझ फिल्मी दुनिँयाले झन रौस थपेको छ, बिवाहलाई एक्सक्लुसीभली देखाएको पर्दाले सबैको मस्तिष्कमा बिवाहलाई उपभोत्ताशीपको आधारभूत अपेक्षामात्र बनाएको छ ।

बिवाह भनेको त सामान्य रुपमा दुईजनाको आपसको समझदारीमा तय गरिने सामाजिक बन्धन हो जसलाई केवल उपभोक्ताशीपको लेप लगाएर संस्कार अनि सभ्यतानै भाँड्नु चाँही गलत हो । के ठूलो पार्टी प्यालेसमा भएको अनि ठूला ठूला क्यामरामा कैद गरिएका रंगिन बिवाहहरु मात्र जिवनपर्यन्त भाराकान्तसम्म सुमधुर रहिरहन्छन् त ? बिवाहलाई क्रय अनि बिक्रयको धरातलवाट माथि उठाएर अब सहज अनि सरल प्रक्रियाका रुपमा बुझाउन र बुझ्न जरुरी छैन र ? यसरी बिवाहलाई ब्यवसाहीक बनाँउदा मान्छेहरुलाई बिवाह एउटा जिवनको सहज पाटो भन्दा पनि जोखिमका रुपमा लाग्न थाल्दैन र ? न्यूयोर्क टाइम्समा समाजशास्त्रकी प्राध्यापक डाक्ट एन्जीला एल थम्पसन लेख्दछिन कि सामान्यतया अमेरिकी बिवाहहरुमा न्यूनतम खर्च १२०० देखि १८०० डलर सम्म हुन्छ । यो मुल्य नेपाली रुपैयाँमा करिब १ लाख देखि २ लाख सम्म हुन्छ । बिकसीत देशको औसत बिवाह मुल्यलाई नेपाली बिवाहको औसत मुल्यसंग तुलना गर्दा यसको दुईगुणा त जत्तिकै कम गरेपनि सामान्य खर्च लाग्ने देखिन्छ । सिन्दुर पोते बाहेकका हामीले थप्दै गएका सुन, चाँदी, भेटी, जन्ती पर्सने अनि भोज लगायतका खर्चमा हामीले सामान्य भन्दा सामान्य बिवाहमा लाखौं खर्च गर्ने गर्दछौं । अब तुलना गरौं अमेरिका र हाम्रो प्रतिव्यक्ति आय, जुन आकाश र पाताल जत्तिकै छ ।

हुन त सुन, चाँदी अनि गरगहनालाई सम्पतीका रुपमा पनि लिइन्छ, लगानीका रुपमा तर भविष्यमा यि कुराले लगानीका रुपमा जे जत्ति कार्य गरेपनि बर्तमानमा बिवाहका आयोजक पक्षलाई बोझ त हो नै । दाईजो प्रथावाट माथि उठ्दै आएको नेपाली समाजमा बिवाहलाई यसरी ब्यबसाहीकरणको लेप नलगाइयोस् । बिवाह सरल होस् अनि सामान्य, समाजको अर्थपूर्ण सहभागिता अनि बरबधुको लागि आर्शिवाद बिवाहको कडी हो । सक्नेले शहरलाई नै बोलाएर भोज गर्नु नराम्रो हैन्, रहर सबैको हुन्छ । सुन भन्दा पनि सुन जस्तै समबन्ध अनि बिश्वासको बरबधुबिच भावना कायम होस् भन्ने आर्शिवाद जरुरी छ । बिवाहपछिका दिनहरु पनि बिवाह समारोहले सहज बनाउन सक्नुपर्दछ । बिवाह आर्थिक भार या बोझ नहोस् । यस कुराहरुमा कर्मकाण्ड निर्धारक देखि समाजका हरेक अवयवहरु सचेत रहन जरुरी छ । सामान्य बिवाहले असामान्य माया बढोस न, हैन र ?

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

‘वासु शशी’ नेपाली भाषासाहित्यका अमर प्राज्ञको नाउँ हो । उनको जन्म १९९३ साल चैत १३ गते काठमाडौँको पशुपतिमा भएको थियो

चैत एक गते देखि भर्चुअल रूपमा सुरुवात भएको बाल नाटक महोत्सव चैत बाह्र गते कर्मी नाट्री समुह चितवनको प्रस्तुति ”

एशियाली देशहरुमा १०८ घण्ट या १०८ धाराहरु र १०८ भजन तथा मन्त्रहरुको ठूलो महत्व छ । नेपालमा शुभ तथा वैदिक

काठमाण्डौ । नेपाली युवाहरुले बिगत ७ वर्ष देखि अंग्रेजी महिनाको जनवरी १ तारिखको अवसर पारेर नेपाली मौलिक उत्पादन र सबै