मिथिलाको तिलुवा


मकर सक्रान्ति एउटा कृषीप्रधान चाड हो । पुरै भारतवर्षमा बिभिन्न तवरले यस चाडलाई मनाउने चलन छ, के हिमाल के पहाड के तराई ? मकर सक्रन्तिको रौनकमा रंगिएको छ ।

तराईमा यस सक्रान्तिलाई तिलको लड्डु खाने भएकाले तिलुवा सक्रान्ति पनि भनिन्छ । आज हामी तिलुवा सक्रान्तिको कुरा गर्न जाँदैछौं । तराईमा तिलुवाको दिन खिचडीको पनि उत्तिकै रौनकता सहितको चलन छ, उक्त दिन खिचडी खाने अनि कन्दमुल लगायत खिचडीका चार यार खाने चलन पनि छ ।

खिचडीका ४ यार
दहि, पापड, घि आ अचार

अर्थात खिचडी खाने ४ वटा यारहरु छन् जस्मा दहि, पापड, घ्यू अनि अचार भन्ने चलन छ । यि ४ वटा कुराहरु तिलुवाको दिन अपरिहार्य मानिन्छन् । तिलुवाको दिन जाडो मौसममा देवताहरुलदाई सख्खर अर्थात गुणमा बनाइएका तिल, मुरी अनि च्यूराका लड्डुहरु चढाउने अनि खाने चलन छ । स्वास्थ अनि मौसमका दृष्टिले यो उत्तम खानेकुरा हो । गर्मीमा सातु अनि जाडोमा तिलको लड्डु हाम्रा समाजका अभूतपूर्व परम्परा हुन् ।

हरेक महिनाको प्रथम दिनलाई सक्रान्ति भनिन्छ, यस दिन सूर्यको राशी एउटावाट अर्कोमा सर्ने भएकाले संक्रमणकालको दिन पनि भनिन्छ । मकर सक्रान्तिको दिन जाडोको क्रममा दुध र चामलले बनाएके परिकार खानु उत्तम मानिन्छ तर हरेक जनाले दुध जुटाउन नसक्ने संभावनाले पानी र चामलमा पकाएको खिचडी खाने ल्याएको मिथिलान्चलका सस्कृति बारे अध्ययनरत शिक्षाबिध रमेश ढकाल बताँउदछन् ।

सूर्यको उत्तरायण अवस्थाको मनाउने क्रममा तिलुवा एउटा प्रकृतिप्रधान अनि कृषीप्रधान चाड हो । प्राचिनकालदेखि यस दिनमा प्रातस्नान गरेर सूर्यलाई अर्घ दिएर तिलको सुकेका हाँगाहरु जलाएर तिलकै परिकार खाने चलन छ ।
तिललाई भुटेर अनि सख्खरलाई तताएर पगालिएको झोलमा लड्डु बनाउने चलन छ । यस्ता लड्डुहरु चिउरा, तिल र भुजाको पनि बनाइन्छ । यस्का अलावा कन्दमुलहरु जस्तै तरुल, आलु अनि सुठुनी अर्थात सख्खरखण्ड उसिनेर पनि खाने चलन छ ।
मिथिलान्चलको राजधानी जनकपुरको प्राचिन सभ्यतामा तिलको लड्डु बनाएका केही ताजा तस्वीरहरु सितापुर महोत्तरीवाट केवल लाईभमाण्डु मा ।

 


Loading comments...