Lifestyle Portal
  •   २० जेष्ठ २०८०, शनिबार

आज भाईटिका

२३ कार्तिक २०७५, शुक्रबार ०३:३४


काठमाण्डौ, कार्तिक २३ । आज भाइटिका अर्थात दिदिबहिनीहरुले दाजु भाइको सुख, समृद्धि र लामो आयुको कामना गर्दै सप्तरङ्गी टीका लगाउने दिन । के आज तपाइँको पनि दाजुभाइ दिदिबहिनीको भेट भयो त ?

विहान सबेरैदेखि घर-घरमा चहलपहल शुरुभइसक्यो होला, दिदीवहिनीहरु दाजूभाइलाई टीका लगाउन माईती पुगिसक्नुभयो होला भने कतिजना दाजुभाई आउने प्रतिक्षा र हर्षमा टीका लगाउने चाँजोपाँजो पो मिलाउँदै हुनुन्छ कि ? सप्तरङ्गी टीकाहरु, कहिल्यै नओईलाउने मखमली अथवा सुपारी फूलको माला, काजू, किसमिस, नरीवल, छोकडा, मिठाइ मरमसाला सेलरोटी लगायतका खानेकुराहरु सहित आज दिदीवहिनीले दाजूभाईको पूजागर्ने चलन छ । भाइटीकाका विषयमा एउटा अत्यन्त प्रचलीत जनउक्ति रहेको छ, एकपटक एकजना चेलीले आफ्नो दाजुलाई टीका लाउँदै गर्दा यमराजको दूत उनको दाजुलाई लिन आईपुग्दछ, यमदुतका अनुसार उनको दाजुको उमेर पुगिसक्यो अनि अब उनको मृत्यू निश्चय छ । ति चेलीले यमदुतलाई टीकाटालो नसकुन्जेलसम्म पर्खिन भन्छिन र टीकाटालोका क्रममा यमदुतलाई पनि सँगै राखेर टीकाटालो अनि पूजा गर्दछिन् । यसरी चेलीको श्रद्धा अनि सम्मानबाट खुशीभएका यमदुतले प्रसन्न भएर चेलीलाई वरदान माग्न भन्दा उनले मेरा दाजुलाई नलग्नु भनेर वरदान मागेर बचाएको अर्थात चेलीको मायाले दाजूभाईको मृत्युसमेत टर्दछ भन्ने जनविश्वास रहेको छ । यमराजले पनि आफ्नो वहिनीसँग यमपञ्चकको पाँचौ दिन टीका लाउँदा वहिनीले वरदानस्वरुप हरेक वर्ष दाजुलाई यसैगरि टीका लगाउन र पुज्न पाँउ भन्ने कुरा मागेकाले भाइटीकाको चलन चलिआएको किंवदन्ति रहेको छ ।

तिहारको रौनक उत्कर्षमा छ । सात रगंका टीका, फुलका मालाहरु, भोगटे बिमिरो लगायतका फलहरु, झिलीमील बत्तिहरु अनि झिल्केमिल्के कागज अनि सजावटहरु । काग, कुकुर, गाई, गोरु सबैलाई पूजा गरियो अब पालो छ दाजुभाईको पूजा गर्ने, स्वागत छ यसवर्षको भाईटीकामा ।

यस वर्षको टिका लगाउने उत्तम साइत बिहान ११ बजेर ५५ मिनेट भएपनि सो पश्चात् दिनभरी नै टिका लगाउन सकिनेछ । निधार रंगाउने हातहरु छन् या रगांएका यादहरु मात्र छन् या अलि फरक मेसो छ यस बर्ष ? जे छ जहाँ हुनुहुन्छ अनि जे गर्दै हुनुहुन्छ भाईटीकाको दिनको कृपाले सबै दिदीबहिनी दाजुभाईको कल्याण होस् ।

यमपञ्चकको पाँचौ तथा अन्तिम् दिन “भाईटीका”
दिदीवहिनीले पान, सुपारी, नरिवल या मिठाई लगायतका कुराहरु दिएर दशैं पश्चातनै दाजुभाईलाई भाईटीकाको निम्तो दिने चलन छ, यसरी निम्तो पाएका दाजूभाईहरु आज दिदीवहिनीसँग टीका लगाउँदछन् । टीका लगाउनुपूर्व दिदीवहिनीले दाजूभाईलाई विशेषपूजा गर्नकालागि भूँर्इमा चकटि अोछ्याएर बसेको ठाँउ वरिपरि कलशमा तेल र पानी राखेर हरियो दूवोबाट पातलो धारा बगाउँदै पाँचपटक अथवा सात पटक घुमेर घेर्ने कार्यबाट पूजा प्रारम्भ गरिन्छ । त्यसपश्चात् अक्षता, फूल, चन्दन, धानलार्इ भूटेर तयार भएको लाभा छर्कदैं कलशको पानीलाई दुबोले अभिसेषगर्दै पूजा गर्दछन् । यमराजको प्रतिक मानेर विमिरा (एक प्रकारको ठूलो कागति प्रजातिको फल) को पूजा गरिसकेपछी, दैलोमा ओखर राखेर ढुङ्गाको लोहोरोले फूटाई ढोका ढ्याप्प लगाएर काललाई छेक्ने चलन छ । कहिल्यै नओइलाउने मखमली अथवा सुपारी फूलको माला, सदैव हरियो रहने दुबो अनि सयपत्रीको माला लगाएर आफ्ना दाजूभाईको आरोग्य अनि दिर्घायूको कामनागर्ने चलन छ ।

शिरमा तोरिको तेल लगाएर दाजुभाईको कपाल कोरेर अनि सप्तरङ्गी टीकाहरु लगाईदिएपछि दाजुभाईले पनि दिदीवहिनीलाई टीका लगाईदिन्छन्, सप्तरङ्गी टीकाको कला एकअर्काको निधारमा सप्रेम लगाइसकेपछी दिदीवहिनीहरु आफ्नो गक्ष अनुसारको फलफूल, नैवेध, मरमसला दाजुभाईलाई प्रदान गर्दछन भने दाजुभाईले पनि आफ्नो गक्ष अनुसारको दक्षिणा या अन्य उपहारहरु दिदीवहिनीको पाउमा राखेर ढोग्दछन् । आजको दिन अधिकांश निधारहरु सप्तरङ्गी हुन्छन्, दिदीवहिनी नभएकाहरुले कसैलाई दिदीवहिनीमानेर या मठ मन्दिरमा अनि काठमाण्डौको रानी पोखरीमा गएर टीका लगाउने अनि सामूहिक भाईटीकामा जाने चलन पनि छ ।

लामो समयदेखि भेटघाट नभएका दाजूभाई तथा दिदीवहिनीको आज भेटघाट हुँदैछ, आपसमा माया अनि सदभाव साटासाट हुँदैछ । नेपाल,भारत, भुटान, म्यानमार अनि थाइल्यान्डमा समेत यस चाडको आआफ्नै तरिकाले मनाउने चलन छ । भातृत्व अनि आत्मियताको आजको दिन साँच्चैनै अत्यन्त महत्वपूर्ण र रमाईलो हुन्छ । यस महान पर्व तिहारको अाज पाँचौ दिन यमपञ्चकको औपचारीक अन्त्य हुँदैछ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ ९रअ० का प्रमुख सामन्तकुमार गोयलले संक्षिप्तरूपमा अचानक नेपाल भ्रमण गरी प्रधानमन्त्री

Ukraine Air Alliance flight 4050, an Antonov An-12, crashed on appproach to Lviv-Danylo Halytskyi International Airport, Ukraine. The aircraft departed

पौष शुक्ल पुर्णिमा देखि बाचन गरिएको श्रीस्वस्थानी बर्तकथाको आज समापनको दिन रहेको छ । आज भन्दा ठिक एक महिना अघि

सोनाम ल्होसार योल्मो र तामाङ्ग जातिका मानिसले मनाउने गर्दछन । यसको अर्काे नाम हो स्वनम ल्होसार । स्वनमको अर्थ हुन्छ पुण्य ।