छठ पर्वका मौलिक भजनहरु 


कार्तिक २७, काठमाण्डौ । सम्भवत हामी पृथ्वीका वासिन्दाले देखेको सबैभन्दा ठूलो वस्तु अनि सबैभन्दा महत्वपूर्ण वस्तु नै सूर्य हो । मान्छेको बस्ती, कृषी अनि पृथ्वीमा उसको उपस्थितीलाई सूर्यले धेरै महत्वपूर्ण भूमिका खेल्दछ, आँखाले देख्ने प्रकाश,छालाले स्पर्श गर्ने तापक्रम सबै सूर्यको देन हो । मान्छे र सूर्यके यो अन्योन्याश्रीत सम्बन्धलाई सनातन संस्कारमा छठ पर्वले अझ प्रगाढ गरेको छ ।

छठ पर्वका गीतहरु
गंगा सागर के घाट पर हम्हु अरजिया देवै, ए छठी मैया
हम ना जेव दुसार घाट, ए देख छठी मैया
सुपा लेल, नारिवल लेल अरजिया देवै, देखव ए छठी मैया
फुल लेल अरजिया देवै, देखव ए छठी मैया
केला, सेव नारिवल किन गएनी बजरिया , देखव ए छठी मैया
वत्तही लगाल बढि देर, देखाव ए छठी मैया
भूलचुक हमारी मैया, राखव न दियानिया, देखाव ए छठी मैया
हमारी अरजिया देखाव माँ, देखाव ए छठी मैया

मिथिला जनकपुरको परिवृतमा लेखिएको अनि गाइने यस छठ पर्वको गीतको नेपाली अनुवाद यस प्रकार हुन्छ ।
गंगासागरको घाटमा म पनि अर्घ्य दिन्छु, ए छठ माता
म कुनै अर्को घाट जान्न, ए छठ माता
नागंलो लिएर, नरिवल लिएर अर्घ्य दिन्छु, ए छठ माता
फुल चढाएर अर्घ्य दिन्छु, ए छठ माता
केरा किन्न नरिवल किन्न, स्याउ किन्न बजार गए हेर छठ माता
त्यही भयो धेरै ढिला ए छठ माता
भूलचुक हाम्रो हिसाबन गर ए छठ माता
हाम्रो अर्घ्य हेरिदेउ माता, ए छठ माता
गंगासागरको घाटमा म पनि अर्घ्य दिन्छु, ए छठ माता
म कुनै अर्को घाट जान्न, ए छठ माता

वास्तवमा यो गीत पटनाको घाटका लागि भनेर कथिएको पाइन्छ, सुस्तरि गीतलाई स्थानीयकृत गर्दै आएको पाइन्छ ।


अर्को एउटा महत्वपूर्ण भजन छ, छठी माता को जसको सरल नेपाली शब्दहरुमा प्रस्तुती दिन चाहयौं ।

आँगनमा पोखरी खनाऊ
छठ माता आउन सक्छिन
दैलोमा तम्बु गाडेर हेर
छठ माता आउन सक्छिन
डाला भरेर केरा ल्याउन
त्यसमाथि पियरी ( सानो कपडाको टुक्रा) ओढाउ
छठ माता आउन सक्छिन
हात्तिमा कलश राखेर ल्याउ
अनि त्यमाथी दियो जगमगाउ
छठ माता आउन सक्छिन
हृदय पवित्र पारेर राख
भक्तिभाषाले प्रार्थना गर
छठ माता पक्कै आँउछिन्
मनको इच्छा पुरा गर्छिन

अर्को यस्तै भजन छ, यस भजन छठी माता र भक्तजनको संवाद जस्तो छ ।
सुनी ए सेवक लोग
ए मोरा घटिया दुबिया उपजी गईले
मकडी बसेर लेले
ये हाथ जोडी बोले सेवक लोग
सुनी ए छठी मैया
ए रउरा घटिया दुबिया छिलवाई देवो
मकडी उजाडी देवो
ये रउरा घटिया चन्दन से लिपवाई देवो
दीपक जलाई देवो
ये रउरा घटिया उखिया गडवाई देवो
अरघ दिलाई देवो
ये रउरा घटिया फुल छिटाई देवो
हवन कराई देवो

यसको अर्थ यसप्रकार हुन्छः
छठी माताले भत्तजनसंग भन्छिन्
यो मेरो जलाशयको घाटमा दुबोहरु उम्रिएछन्
किराहरु बस्न थालेछन्
सुन न मेरा भक्तहरु

अब भक्तले उत्तर दिन्छन्ः
यो हात जोडेर हामीसबै भक्तहरु भन्दछौं
घाट वरिपरिको दुबो अनि फोहोरहरु सफा गर्नेछौं
सम्पूर्ण घाट वरिपरि चन्दनले लिपी दिनेछौं
फुल छर्नेछौं
उखुका डाँठहरु गाड्नेछौं
बत्ति बाल्नेछौं, अर्घ दिनेछौं
ए हाम्री छठी माता

भक्त संवाद

परापूर्व काल देखि नै समान बिधी र परम्परा अनुरुप छठ पर्व गरिंदै आएको इतिहास छ । रिग्वेद को सूर्य अनुष्ठान बिधी अनुरुप नै यस पर्वको अनुसरण हुँदै आएको पनि बताइन्छ । महाभारतमा द्रोपती ले  छठ पूजा गर्दा गाएको सस्कृतको कविता पनि सूर्य अनुष्ठान गर्ने जाप भएको बताइन्छ । त्यतिबेला को ईन्द्रप्रस्थ राज्य जून अहिलेको दिल्ली भएको ठाँउमा रहेको थियो, त्यस राज्यका सन्त धौम्य को सल्लाहमा पाण्डवहरु ले छठ पूजा गरेको अनि सूर्य देवको कृपाले पाण्डवहरु को दुख्ख अन्त्य भएर राज्यसत्ता पूनः पाएको जनउक्ति छ ।

परापूर्व कालमा रिसी हरु धेरै बर्षसम्म केही नखाई तपस्या गरेर बाँचन सक्दथे, यसरी निराहार निर्जल तपस्या बस्दा तपस्वी हरुले सूर्य को किरण वाट उर्जा प्राप्त गर्दथे । यसरी सूर्य को उर्जालाई शक्तिका रुपमा बदल्न तपस्वीहरु ले छठ लगायतका अनुष्ठान बिधी हरु गर्ने गरेको उल्लेख गरिन्छ ।

अर्कोतर्फ छठ पर्वलाई रामायण संग पनि जोडिएको छ, राम र सीता अयोध्या आएपश्चात दुबै मिलेर छठ पर्व लिएको र सूर्य देव को अनुष्ठान गरेको बताइन्छ । १४ बर्षको वनवास पछि फर्किएका सीता राम ले कार्तिक शुक्ल पक्षमा छठ अनुष्ठान गरेपछि सनातन सस्कारमा छठ अनुष्ठान अभिन्न पर्वका रुपमा भएको मानिन्छ ।

तस्बिरः सुशिल कुमार साह