अंकित अर्याल

मेरो नागरिकता हरायो


अंकित अर्याल, अमेरिका/  वैशाक महिनाको सुखा गर्मीमा, बिराटनगरको दफ्तरको लाइनमा चर्को घाममा उभिदै, घन्टौ  पछि दस ठाउमा औला छाप हानेर बनाएको मेरो नागरिकता, त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थलमा अन्तिम पल्ट देखिएको थियो | आमा बाबाको सपना पुरा गर्ने सपना लिएर विदेश हिडेको म, मेरो अस्तित्व तिनकुने को कुनै बाटोको छेउमा नै बिलाएछ | उसो त सुटकेसमा दौरा सुरवाल, भादगाउले टोपी अनि देशको झन्डा पनि राखेको थिए तर मलाई के थाहा, त्यो झन्डा कर्ण दासको गीतमा धरहरामा फरफराए झैँ फ़र्फ़राउन, बिदेसी भूमिमा हावाले नछोई जादो रहेछ |

घरमा राजा झैँ बसेको म बेकामेलाई, दिन भरि गाउँ डुलेर अयेपछि आमाले तातो चियाले स्वागत गर्नु हुन्थ्यो | तर आमा, यहाँ फरक हुदो रहेछ | जिन्दगि विदेशको नाममा छिमेकि मुलुक सम्म नपुगेको म लाठ्याँग्रेलाई, पहिलो पल्ट विदेशको “एरपोर्ट”मा यसरि प्रस्न सोधियो कि मानौ मैले झोला भरि बारुत बोकेर आएको थिए | ति भुस्तिग्रेको प्रस्नको जवाफ दिदा दिदै आमा, दिनभरी म हल्लिदै बेलका घर आउदा हजुरले “ का थिस दिनभरी?” भनेर गर्ने प्रस्नलाइ मैले ठाडो जवाफ दिएको याद आयो, अनि मनमनै सम्झिए: आमा, मेरो नागरिकता हरायो |

मेरा बा एक साधारण पसले हुन् | दिनभरी गाउँको सानो पसलमा बसी सबैलाई निच्च निच्च दात देखाउने मेरो बाबाको काम | मेरा बाले सधै साधारण जीवन बिताउनु भयो, त्यसैले होला, आफ्नो छोरा-छोरीले आफु भन्दा अलि राम्रो जीवन बनाए हुन्थ्यो भन्ने उहाको सपना | अनि उहाले हाम्रो लागि बुनेको सपनाको बयान गर्दा उहाको आखामा देखिने चमक को कारण, उनको सपनालाई आफ्नो सपना बनाउने मेरो धोको भयो | तर बाबा सपना पुरा गर्न सजिलो चाही रैन रहेछ | हरेक दिन बिहान ४ बजे उठेर काममा निस्किदा मलाइ घरमा ब्यान ११ बजेअ सम्म फुसफुस निदाएको याद आउछ | अनि याद आउछ हजुरले मलाई भन्ने dialogue “सुत् सुत् जति सुत्नु छ सुत् – त् सुत्या हैन तेरो भाग्य सुत्या हो”| बाबा हजुरले सधै भन्ने गरिसिन्थ्यो “ काम गर्न का सजिलो हुन्छ र” हो रहेछ बाबा दिनभरी काम गरेर बेलका घर फर्दिका जब हात को नसा अनि तिग्राको मासु दुख्छ अनि याद आउछ मलाइ, हरेक रात पसल बन्द गरेर घर आउनासाथ हात खुट्टी नधोई हजुर भुइमा टुक्रुक्क बसेको | सायद सपना पुरा गर्नको लागि अलि अलि दुख अनि अलि अलि होच्चाइ पनि सहनु पर्छ होला, तर बाबा, हरेक दिन जब मलाइ साउको छोराले आएर आखामा अखा मिलाएर होचाउदै गालि गर्छ नि, अनि मलाइ याद आउछ हजुरले पसलमा सहगाउन बोलाउदा मैले दिने ठाडो उत्तर र हजुरको निरास अनुहार अनि मनमनै सोच्छु बाबा- मेरो नागरिकता हराएछ |

बर्सौमा दिनमा लै लै

हर्सका दिने लैलै

आजकल हरेकदिन काम जादा गाडीमा सुगम दाजुको यो गीत घन्काउदै जान्छु तर हर्स भने कैले पाउदिन । कार्तिकको मिठो हावाले दशैँ फेरी बोलायो रे घरमा तर हावा गौशालामै रोक्कियेछ । कहिलेकाइ त् रति सोच्छु कि त्यो हावाले यसरी उडारा मलाई मामाघरको दैलोमा रख्दियोस कि म फेरी अफ्नाको हातको असिर्वाद लिन पाउ । हावा त् या पनि चल्छ तर जमरा उमार्दैन । “येस्पली पनि निधार खाली भो बाबु? “ भनेर सोध्नु हुन्छ आमा अनि म भन्छु का खाली हुनु आमा, साथी साथि मिलेर लागैहलेम नि | येस्पाली पनि घरमा खसी ढल्यो रे, मैले पनि वाल्मार्ट बाट एक प्याकेट कुखुरा ल्याएर खाए । यसपाली पनि घरमा छ्यापछ्याप्ती पाउना आए रे, मैले पनि एक्लै बसेर रक्सि खाए । दशैँको बासनाले हरेक बिहान बिसतारामै मंगल धुन सुनाउथ्यो, र संगसंगै बगाई ल्याउथ्यो हरेक दिन आमाको परिकार – परिकारको मिस्ठान्न । यो पालि पनि chocolate खाएरै दशैं बितेछ, अर्को बर्सको लागि सक्खर किनी राख्नु है आमा?

सायद तेइ दशैंमा गुलाम मिस्सी बास्सा, परोस भनेर प्राथना गर्दा गर्दा होला आज बिरानो ठाउमा साउ र साउनीको जुलाम भएर बसिरहेछु । भन्छन नि देखेको पाइन्न रे लेखेको मात्र, कहिले काइत आफ्नै निधारमा कलमले नेपाल लेख्न मनलाग्छ । अनि कोर्न मनलाग्छ मेरो हराएको नागरिकताको हस्ताक्ष्यर आफ्नो पासपोर्टमा ।

सुपारी माला यो दाइलाई

बाटो भरि आँखा ति फैलाई

बस्दै होली मेरी बहिनी

दाजु आउने दिनहरू गन्दै

औला भाच्दा भाच्दै नानी लुली भैस होला तर दाजु आएन, यसपाली पनि तेस्तै भयो नानी, पोहोर सालको “ अर्को पाली कस्सम आउछु” लाइ एक वर्ष फेरी म्याद थप्देउ है? तिहारको सप्तरंगी टिका

लेखकबाट अन्य: घामको न्यानो स्पर्स


Loading comments...