चलचित्र द ब्रेकअप समीक्षा


उत्कृष्ट पक्ष
यो चलचित्रले शिल्पा मास्केलाई ठुलो पर्दामा प्रस्तुत गर्नु चलचित्रको सबै भन्दा उत्कृष्ट पक्ष हो त्यसबाहेक सैलेश श्रेष्ठको ब्याकग्राउण्ड म्युजिक र नरेन्द्र मैनालीको क्यामरावर्क अव्वल छन्, रेमनदासको पात्र र उनको अन्दाज अनि अर्को आकर्षक पक्ष गीतहरु।

कमजोर पक्ष
निर्देशक हेमराज बिसी अनि सबैभन्दा कमजोर पक्ष लेखक हेमराज बिसी।

समीक्षा
हाम्रो डिरेक्टर साहब, चलचित्र क्षेत्रकै एउटा अब्बल चलचित्रकर्मीको रुपमा स्थापित भैसकेको हुनुहुन्छ, तर सायद उहालाई भान छैन होला, ठुलो नामसंगै आउछ दर्शकको ठुलो अपेक्षा। फरक जनरामा आफुलाई ढकेलीरहने हेमराज बिसीले यसपटक युवा पुस्तालाई लक्षित एउटा चलचित्र बनाउने सोच राख्नुभयो अनि युवाहरुकै भाषामा भन्नुपर्दा cool कलाकारलाई लिएर cool लोकेसन राखेर चलचित्र बनाउनु भयो, तर चलचित्रलाई आफुले लेखेको पटकथाबाट चाही cool राख्न सक्नुभएन।

चलचित्र द ब्रेकअप कथा हो भर्खर ब्रेकअप भएका आशिरमान जो पोखरामा प्याराग्लाईडिंगको व्यवसाय गर्छन। पुरानो सम्बन्ध टुट्दाको चोटबाट निस्किन नसकेका आशिरमान अष्ट्रेलिया गएर पढाइ गर्न थाल्छन र त्यहाँ उनको भेट हुन्छ अमेरिकाबाट आएकी एकजना सेफ शिल्पा मास्केसँग। त्यसपछि यी दुइको सम्बन्धको उतार चढावनै चलचित्रको कथा हो।

चलचित्र “द ब्रेकअप” निक्कै सम्भावना बोकेर सुरु त हुन्छ तर ५ पछि १०, १० पछि १५, १५ पछि ३० मिनेटको यात्रा तय गर्दै जादा पर्दा अगाडी उबिरहेको दर्शकहरुबाट पनि चलचित्र टाढा हुदै जान्छ। चलचित्रको मेरुदण्ड (स्क्रिप्ट) एति कमजोर छ कि न त दुइ प्रमुख कलाकार आशिरमान र शिल्पा मास्केको अव्वल प्रस्तुतिले यसलाई बाध्न सक्छ न त उत्कृष्ट छायांकन, सम्पादन र ब्याकग्राउण्ड म्युजिकले। अन्तत मध्यान्तर सम्म आइपुग्दा चलाचित्र हेर्न भनि बिभिन्न ठाउँबाट जोशमा निकिएर हलसम्म पुगेका दर्शक एति निरास हुन्छन, यति निरास हुन्छन कि तुलनात्मक रुपमा पहिलो हाफ भन्दा धेरै धेरै धेरै नै राम्रो सेकन्ड हाफले पनि दर्शकलाई खुशी बनाउन सक्दैन।

पटकथा निक्कै कमजोर छ,Independent सारा (शिल्पा)ले आविष्कार (आशिरमान)सँग गरेको फ्रेण्डशिप देखि आविष्कारलाई कतिबेला सारासँग त्यस्तो डिप फ़िलिङ्ग्स आउछ, यी दृश्यहरुले कन्भिन्स गर्दैनन्। फेरी पटकथामा (पहिलो हाफको) कुनै एक दृश्य पनि दर्शकले पहिले नहेरिसकेको जस्तो लाग्ने छैन। पहिलो हाफमा अस्ट्रेलियाको टुरिजम प्रमोट त हुन्छ तर नेपाली दर्शकको उत्साह डिमोट भैसक्छ। पटकथा लेख्दा गरेको अल्छिपन शिल्पा मास्केको पात्रले “यो म के गर्दैछु” वाला फ़िलिङ्ग्सलाई मोनोलगमा राखेको देखेरै प्रष्ट हुन्छ।

फिल्मको दोश्रो हाफले भने इन्गेज गर्ने कमसेकम प्रयास गरेको छ। आशिरमान श्रेष्ठ, अव्वल छन् , जहाँ सम्म वानलाइन सुन्दा राम्रो लाग्ने चलचित्रको गलत पटकथाको शिकार हुनपुगेका छन् उनि। शिल्पा मास्के माथि उल्लेख गरेजस्तै उत्कृष्ट छिन्। बिशेषगरि चलचित्रको अन्तय अन्त्य तिरको उनको कन्भिन्स त्यैपनि कन्फ्युजडका भावहरु मजालाग्दो छन्। रेमनदासलाई यो पात्र सुहाएको नि छ र उनको प्रस्तुति पनि आकर्षक छ, उनले फ्रेममा पर्दा दर्शकको ध्यान सबै आफुतिर केन्द्रित गराउन सफल भएका छन्। सरोज खनालले फेरी एकपटक खल्लो पात्रमा आफ्नो उपस्थिति जनाएका छन्।

गीतहरुको कुरा गर्दा चलचित्र हेरिरहदा सबै राम्रा लाग्छन, बिशेषगरि “हरपलू र “आज हाम्रो भेट भाको दिनु सुन्न मजा आउछ। डबिङ्ग र केहि साउण्डहरु तल माथि भएको कुरालाई धेरै हदसम्म इग्नोर गर्न सकिन्छ तर निर्देशक बिसीले एकै कोठामा भएका ४ जना मध्य ३ जनाको स्वर फरक फिलको र एकजनाको स्वर फरक फिलको राख्नु कति सम्म जायज होला रु जब अझ डबिङ्गमा खेलाची गरिएकै पात्रबाट दर्शकलाई गीत पनि सुनाइन्छ। यस्तो चान्स निर्देशक बिसीले किन लिए ?

चलचित्रमा लेखन र निर्देशन बाहेकका सबै पक्ष उल्लेखनीय छ, तर जुन चलचित्रको लेखन निर्देशन नै फिक्का हुन्छ, त्यसको अवस्था कस्तो होला। द ब्रेकअपको ट्रेलर र गीतले जति आकर्षित गरेको थियो, सबै अपेक्षाहरु निरासामा बदलिए। दर्शक र यो चलचित्र बीचपनि ब्रेकअपको सम्बन्ध राम्रो होला।

रेटिंग : २/५

फिल्मी फुच्चे


Loading comments...