नाङ्गा बाबाका विषयमा सामाजिक संजाल


शिवरात्रिमा सदियौं देखि चलिआएको नागां बाबाहरुको आगमन र तिनको उपस्थिती यसवर्ष पनि थियो । तथापि सनातन संस्कारको यस अवयवमा गत दशकहरुदेखि नमिठो आक्षेपको चलन बढ्दै गईरहेको छ । सामाजिक सञ्जालमा आरोप प्रत्यारोपहरु बग्रेल्ती देखिंदै आएका छन् । प्रस्तुत छ महाशिवरात्रिमा नाङ्गा बाबाहरुका विषयमा भएका संवादहरु सामाजिक सञ्जालबाट ।

मकवानपुरका आनन्द राम पौडेल लेख्दछन्
महाशिवरात्री मनाउन पशुपति आएका साधुबाबाहरु प्रति सामाजिक सञ्जालमा तुच्छ टिप्पणि र निन्दा भैरहेको छ। नेपाल धर्मनिरपेक्ष राष्ट्र भैसकेको सारा विश्वलाइ थाहा छ। धर्मनिरपेक्ष भैसकेको जान्दाजान्दै पनि फेरि यी साधु(सन्तहरु किन आइरहेका छन्?) भनेका छन्। कतिपयले चाहीं, अर्को बर्षदेखि निषेध गर्नुपर्छ भनेका छनभने कतिपयले त अर्को बर्ष किन पर्खने रु अहिल्यै लखेटौ भनेका छन्।

यी सब सुनिरहँदा यो अकिञ्चनले, हाम्रो समाज कता जाँदैछ भनेर घोत्लिरह्यो।

त्यस्तै अर्का फेसबुक प्रयोगकर्ता बोजराजको भनाई यस्तो रह्यो
प्रसङ्ग शिवरात्री र नाङ्गा बाबास् आवश्यक वा अनावश्यक विरोध । शायद शिवरात्री को बेला भएर हुन पर्छ, काठमान्डू तिर यति बेला नाङ्गा बाबा हरु को भिड छ भनेर मिडिया ले लेखेका छन् म त निकै टाढा रैछु नाङ्गा बाबाहरु आएर धार्मिक आकर्षण थप्छन् र त पशुपति मन्दिर भारत मा समेत प्रख्यात छ, फलस्वरूप काठमान्डूमा हिन्दू तिर्थ यात्रीको पनि भिड हुन्छ, चाडै पिच्छे ।

न ज्ञान जानेको गोरा, न संस्कार बुझेको नेपाली पल्टिएर यी नाङ्गा बाबालाई प्रतिवन्ध लगाउने हो भने अनि अन्न खेर जान्छ भनेर शतविज छर्ने बेला नछर्ने हो भने तपाईं को पशुपति दर्शन गर्न कुन क्रिश्चियन र मुश्लिम आइ दिन्छ र धानिन्छ पशुपति यसको विरोध गर्न अघि संस्कार र त्योसँग जोडिएको मानव विकासलाई अलिकति मध्य नजर लगाउने कि अन्धाधुन्ध नाङ्गा बाबाको विरोध गर्नेहरु पश्चिमी देशका तोकिएका कैयौं समुद्री तट जस्तै बेलायतकै बोर्नमाउथ, बड्लि सल्टरटन, ब्राइटन, फ्रान्स को क्याप डाड, स्पेन को ग्रान कनेरियो देखि पार्क जर्मनी को म्युनिक केन्द्रमा रहेको इङ्गलिश गार्डेने आदिमा दिन दहाडै वर्षै भरि नाङ्गै बस्न सकिन्छ, कतिमा त्यहीं यौन क्रिडा समेत गरेको देख्न सकिन्छ र पनि मान्छे हरु बरु आँखा तर्काएर हिंड्छन्, विरोध गर्दैनन् तर हाम्रो नेपालमा चाहिं मन्दिरका टुंडालमा मा नाङ्गा मूर्तिकला देख्दै हुर्किएका मान्छे हरु किन नाङ्गा बाबाको विरोध गरेका हुन्रु चेतनाको अभाव भएरै त होला यस्तो विरोध गर्ने, कि अरु कुनै कारण छ, भए शेयर गर्नु होला है१ नाङ्गा बाबा देख्दैमा तपाईंले उनीहरुको लिङ्ग ढोगी हाल्न चाहिं पर्दैन अवश्य बरु आफू पनि जन्मँदा त्यस्तै जन्मिएको रहेछु भनेर बाटो लागे हुन्छ । शिवरात्री को शुभकामना ।

उता पोखराका शिव गौतमको कमेन्ट यस्तो थियो
देश धर्म निरपेक्ष बनाउनुको मुख्य उद्देश्य हिन्दु धर्मलाई निषेध गर्नु त होईन होला, नागाबाबाहरु नेपाल धर्म निरपेक्ष मुलुक बनिसके पछि मात्र आउन शुरु गरेका पनि होइनन्, बिबादास्पद प्यासिफिक सम्मेलन गर्दा देश धर्म निरपेक्ष भएको हवाला दिने तर परम्परागत रुपमा आउने धर्म विषेशका साधुहरुलाई आउन दिनु हुँदैन कुन मानसिक सोँच हो बुझ्न गाह्रो छ ।

फेरि भरतपुरका बिशन चापागाईको कमेन्ट
नाङ्गा बाबा वा अगोरी बाबाको बुझेर मात्रै बिरोध गरौ आफ्नो अङ्ग छोप्न नसक्नेले अरुको कुरा गर्नु मुर्खता नै हो । पहिला धर्म बिशेषलाई बुझौ पतित धर्मका अनुयायिहरुले आफ्नो धर्मका नाङा पर्व र नाङ्गो मदर फादरहरु प्रती पनि फर्केर हेर्ने गरौ । नाङ्गा बाबाहरु लखटेर पशुपतिको महिमा घटाउने कोसिस नगरौ ।

जोगी भनेको के हो?
साधू (जोगी) संस्कृति केवल दक्षिण एशिया र खास गरी नेपाल र भारतमा मात्र पाइन्छ। साधु भनेको केही कुरामा पनि आशक्ति नभएको व्यक्ति हो। यस्तो व्यक्तिलाई परिवार, समाज, धन, पद, शक्ति, प्रेम, प्रतिष्ठा, प्रशंशा आदिमा कुनै पनि किसिमको आशक्ति हुँदैन जोगीहरू मठमा बस्छन।  किनभने कुनै पनि किसिमको लोभबाट मुक्त हुन्छन। यो संस्कृतिको संरक्षण हुन पर्छ र साथै जोगीहरू पनि सक्कली जोगी हुनु पर्छ। गाँजा, भांग खान मात्र जोगी हुनु हुँदैन। जोगीहरू त्यागको ज्वलन्त उदाहरण हुन। हाम्रो मौलिक संस्कृति हुन। यसैक्रममा निकै भाइरल भएको एउटा अर्का नेपाली फेसबुक प्रयोगकर्ता मोहम्मद अन्सारीको कमेन्ट

हिन्दु योगी नांगै बस्नु के हो ?
हिन्दु धर्ममा कामवासनालाई जित्नु भनेको महान सिद्धि हो जसलाई विर्यको रक्षा पनि भनिन्छ । नागां साधकहरु अश्लिलता देखाउन नभई काम वासनालाई जितेका साधकहरु हुन्, । कुण्डलिनी शक्तिलाई लिगंवाट मष्तिष्कमा सारेका साधक नै नांगा बाबा हुन् । मेरा सम्पूर्ण हिन्दु मित्रमा महाशिवरात्रिको शुभकामना ।

लाइभमाण्डु


Loading comments...