
टीकापुर काण्डमा सांसद रेशम चौधरीसहित १२ जनालाई जन्मकैद
२२ फाल्गुन २०७५, बुधबार १३:५३
उच्च सुरक्षा अधिकारीसहित नौ जनाको हत्या भएको टीकापुर घटनामा जिल्ला अदालत कैलालीले रेशम चौधरीसहित १२ जनालाई जन्मकैद फैसला गरेको छ।
गत बुधबारदेखि सुरु भएको बहसमा वादीतर्फका न्यायाधीवक्ता र प्रतिवादीतर्फका कानुन व्यवसायीहरूले बहस गरेका थिए। मंगलबार वादीतर्फबाट जिल्ला न्यायधिवक्ता विष्णु प्रसाद पौडेल र प्रतिवादी तर्फबाट ६ जना कानुन व्यवसायीहरुले बहस गरेका थिए।
प्रतिवादी तर्फबाट कानुन व्यवसायी गंगाराम उपाध्याय, वीरबहादुर जेठारा, गम्भीर सिंह ऐर, गजेन्द्रबहादुर केसी, नाथुराम महतो र प्रयागराज भट्टले बहस गरेका थिए।
को हुन रेशम चौधरी ?
देखावटी पेशाका हिसावले उनी मिडिया मालिक र व्यवशायी हुन् । उनले कैलालीमै फूलवारी एफ एम र फूलवारी रिसोर्ट सञ्चालन गरेका छन् । तर उनको पृष्ठभूमि त्यति मात्र होइन ।
दरवार हत्याकाण्ड अघिसम्म उनी दरवारका मान्छे थिए । दरवारमा खेल सिकाउने र बेलाबेला गीत गाएर मनोरञ्जन दिलाउने पात्र हुन उनी । २०६२/६३ को आन्दोलन अघि राजाले शासन हातमा लिएको बेला हुने नागरिक अभिनन्दनको चाँजोपाँजो मिलाउने काम गर्थे उनी । त्यही अभियानका क्रममा उनले धेरै जिल्ला घुमेका छन् र राजाका हरेक जसो कार्यक्रममा उनको उपस्थिती हुन्थ्यो ।
जनआन्दोलन सफल भए पछि उनी माओवादी भएको भनेर लागे तर माओवादी भने भएनन् । फाइदा लिन खप्पिस चौधरी माओवादीबाट त्यो सम्भावना नदेखे पछि दोस्रो संविधानसभा चुनावको केही दिन अघि राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीमा प्रवेश गरे । कैलाली क्षेत्र नं १ बाट सांसद निर्वाचित उनी केही महिना अघिमात्र विजयको प्रमाणपत्र पाएका थिए ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
चिन्तामणि शिवाकोटी। सम्मानित केन्द्रीय बैंकको गरिमामय डेपुटी गभर्नरको पदको कार्यकाल पुरा गरी मिति २०७७ फाल्गुण १८ देखि सेवानिवृत्त भएको छु
काठमाडौं । नेपाल उद्योग परिसंघका पदाधिकारीहरुले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईसँग उहाँको कार्यकक्षमा भेट गरी पर्यटन
काठमाडौं । अहिले नेपाल र भारतबीच सिमा विवादले सम्बन्धमा समस्या परेको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले नेपालसँगको सिमा विवाद
कति सिधा, सोझा र लाटा छौं हामी नेपालीहरू; जसले जे भने पनि पत्याई हाल्छौं । बुढापाकाहरूले ‘मरेका मित्र राष्ट्रका साथीहरूले