
द भ्वाइसको पहिलो Predict & Win को बिजेता बुटवलका सुबिन बस्याल
४ मंसिर २०७५, मंगलवार १५:३०
मंसिर ४, काठमाण्डौ । द भ्वाइस अफ नेपालको लाइभ राउण्ड अन्तर्गतको आइतबारको Predict & Win मा सोधिएको प्रश्नको सहि उत्तर मिलाउने सहभागिहरु मध्ये बाट बुटवलका सुबिन बस्याल (Mr Happy) बिजेता भएका छन । नेपाली सांगितिक क्षेत्रमा उत्कृष्ट स्वरको खोजी गरिरहेको द भ्वाइसले यसै साता देखि प्रत्येक शृखंलामा एक एक जनालाई पुरस्कृति गर्ने भएको छ ।
The Voice of Nepal अन्तर्गतको Live राउण्डमा मा आइतबार नेपाली अाधूनिक सङ्गितका अनमोल रत्न दीपक खरेल अतिथिको भुमिकामा उपस्थित हुनुभएको थियो ।
सोही प्रसंगमा The Voice of Nepal ले अाफ्नो फेसबुक पेजबाट सोधेको प्रश्नको सहि उत्तर दिने धेरै दर्शकहरुमध्ये गोलाप्रथाद्वारा सुबिन बस्याल बिजय भएका हुन् ।
सुबिनले चारैजना कोचको अटोग्राफ भएको एनीको गिटार प्राप्त गर्नेछन । बुटबलमा बस्ने सुबिनले भर्खर +2 को परिक्षा दिएका हुन । सङ्गीत निकै रुचाउने उनी कहिलेकाहि गुनगुनाउने पनि गर्दछन् । शुरुवातका शृंखलादेखि नै द भ्वाइस अफ नेपाल हेर्ने गरेका उनले नयाँ किसीमको स्वाद पस्कन द भ्वाइस अफ नेपाल सफल भएको बिचार लाइभमाण्डूसंगको कुराकानीमा व्यक्त गरे । घरमा बुबा र आफू दुवै द भ्वाइस अफ नेपालमा टिम प्रमोदको ठुलो प्रंशसक भएको र शास्त्रिय सङ्गितका उस्ताद् शुसिल गर्तौलाको स्वरको जादूले प्रभावित भएको बताए ।
यस प्रतियोगितामा भाग लिनको लागि द भ्वाइस अफ नेपालको अफिसियल पेजमा https://www.facebook.com/TheVoiceofNepal.official/ मार्फत् सोधिएको प्रश्नको उत्तर दिनुपर्नेहुन्छ । प्रश्न हरेक शनिबार र आइतबार सोधिनेछ । कार्यक्रम शुरु हुनु अघि सहि उत्तर दिनुहुनेमध्ये एकजनालाई गोलाप्रथाद्वारा बिजेता घोषणा गरीने कुरा The Voice of Nepal का कार्यकारी निर्माता प्रल्हाद सिंह महतले जानकारी दिनुभयोः यो नितान्त एउटा साङ्गीतिक पहल हो हामीलाई सामाजिक सञ्जाल, टिभी अथवा यूट्यूबबाट माया गर्ने अादरणीय दर्शकहरुको मायाका लागि ।
तपाईले पनि जित्न सक्नु हुनेछ, नेपाली साङ्गीतिक नक्षत्रका अनमोल रत्नहरुद्वारा ओटोग्राफ गरिएको गितार ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
पृष्ठभूमि सन् २०१५ सेप्टेम्बर २५ मा सम्पन्न संयुक्त राष्ट्रसंघको महासभामा सहभागी विश्वका १९३ राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखले सन् २०३०
डा. प्रदीप ढकालद्वारा लिखित उपन्यास ‘एन्टोनिया’(आध्यात्मिक प्रेमकथा) चाडैं नै प्रकाशित हुने भएको छ । प्रेमलाई आध्यात्मिक दृष्टिबाट प्रस्तुत गरिएको उक्त
नेपालीका लागि भारत र चीन अति महत्त्वपूर्ण छिमेकी राष्ट्र हुन् । यति हुँदाहुँदै पनि भारत हाम्रो साँस्कृतिक परम्परा र सभ्यतामा
यात्रा मन पराउनेहरू यात्रामा जान्छन् । त्यसरी घुमन्ते हुन मन पराउने यदि लेखक परे भने आफू रमेका, आफू दुखेका, आफू