
पन्जाबमा महिला शिक्षा निशुल्क
२४ जेष्ठ २०७६, शुक्रबार १४:००
पन्जाबमा क्याप्टेन अमरेन्द्र सिंह नेतृत्वको सरकार छ । अहिले पन्जाबमा महिलाहरुलाई बिधायस्तररिय शिक्षादेखि पीएचडीसम्म निशुल्क शिक्षाको प्रावधान ल्याइएको छ, प्रान्तिय सरकारको यो कदमलाई सर्वत्र चर्चा अनि समर्थन गरिएको छ ।
आगामी शैक्षिकसत्र वाट त पुस्तक र कापीहरु पनि निशुल्क दिने प्रावधान भएको क्याप्टेन अमरेन्द्र सिंहले बताएका छन् । १३ हजार प्रार्थमिक बिधालय र ४८ कलेजहरुमा निशुल्क वाईफाई लगायत अनलाईनमा पुस्तकहरु निशुल्क डाउनलोड गरेर पढ्न पाउने प्रावधान पनि भएको बताइन्छ । सरकारी बिधालयमा नर्सरी र एलकेजी लगायतका प्रारभ्मिक वाल बिकासका कक्षाहरु पूर्न परिचित गराउने पनि सरकारको योजना छ ।
यस सरकारको चुनावी वाचा अनुरुप सबै कुरा पूर्ण गर्दै आएको जानकारी गराइएको छ । गरिब र धनीको विभेद हटाउन शिक्षालाई जोड दिइएको प्रान्तिय सरकारको वक्तव्य छ । सरकारी बिधालयहरुको शिक्षण भाषाचाँही अग्रेजी हुने बताइन्छ । दलितहरुलाई भारु ५०,००० सम्मको लोन पाउने सुविधा पनि सरकारले ल्याएको छ । आर्थिक रुपमा कमजोर परिवारलाई न्यून मुल्यमा घर बनाउने र स्वाथोपचारमा पनि निशुल्क गर्ने सरकारको योजना रहेको बताइन्छ । पन्जाबको साक्षरता प्रतिशत लगभग ७६ प्रतिशत छ र भारतको औसत साक्षरता दर भनें ७३ प्रतिशत छ । लगभग १ बरोड ८८ लाख जनसख्याँ भएको पन्जाबमा पुरुष साक्षरता दर ८० दशमलव ४४ प्रतिशत र महिला साक्षरता दर ७० दशमलव ७३ प्रतिशत छ ।
नेपालले पनि पन्जाववाट केहि सिक्ने हो कि ?
सुयोग ढकाल
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
भारतीय राजदूतावास, काठमाडौंले मिति २०७९ चैत्र १० गते इण्डिया हाउस परिसरमा एक समारोहको आयोजना गरी ५८ औं भारतीय प्रविधिक तथा
विगत १४ वर्ष देखि विश्वभर छरिएर रहेका नेपालीहरुबीच लोकप्रिय, नेपालको पहिलो कम्यूनिटी एप ‘नेपाली पात्रो’ र झण्डै डेढ शताब्दीदेखि पञ्चाङ्ग
भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति