‘जर्मन बुण्डेसलिगा’मा डर्टमण्ड – Dortmund को रोमाञ्चक जित


काठमाण्डौ, नयूजकारखाना । जर्मन बुण्डेस लिगमा बोरुसिया डर्टमण्ड – Dortmund ले रोमाञ्चक जित निकालेको छ । शुक्रवार रातिको खेलमा डर्टमण्डले होफेनहाइम – Hoffenheim लाई ३-२ गोल अन्तरले हराएकाे हाे ।

दोस्रो जित निकाल्ने क्रममा डर्टमण्डलाई जिताउन जिओभानी रायना, जुड बेल्लिङ्घाम र एर्लिङ ब्राउट हाल्याण्डले एक-एक गोल गरे । यस्तै, होफेनहाइमका लागि क्रिस्टोफ र मुनास डाबरले एक-एक गोल गरेका थिए । पहिलो हाफ बराबरीमा सकिए पनि दाेस्राे हाफमा भएकाे एक गाेल नै निर्णायक बन्याे ।

९० मिनेट पछि थपिएको समयमा हाल्याण्डले गाेल गरेर टीमलाई ३-२ को रोमाञ्चक जित दिलाएका हुन् । तीन खेलबाट ६ अंक जोडेको डर्टमण्ड पहिलो स्थानमा उक्लिएको छ । पराजित होफेनहाइम ३ खेलबाट ४ अंक सहित चौथो स्थानमा छ ।

शनिबार जर्मन बुण्डेस लिगमा ६ खेल हुँदैछन् ।

त्स्वीरः एजेन्सी


Loading comments...