होलिका दहन र चित्तशुद्धि


होलीका कुरा र क्रियाकलापमा रगं अनि पानीको व्यापकतामा कुनै कमी छैन तथापि होलीमा होलिको दहन गर्ने बिम्बका रुपमा मनमा भएका बिकार पदार्थहरुको दहन र नयाँ मनका काँचुली र करुणाको शुरुवातका कुराहरु सुस्तरि हराँउदै गएको पाइन्छ । होली एकआपसको भाइचारा, रगं र मिठा खानेकुराभन्दा धेरै बढि आफ्नो मनका नराम्रा बिचारको होलिका दहन बिम्बमा त्यस अग्निमा दहन गरि नयाँ करुणाको शुरुवात पनि हो है ।

होलिको कथा राजा हिरण्यकश्यपको समयमा उनको अभिमानसंग गएर ठोकिन्छ जब राजाका सम्पूर्ण प्रजालाई हिरण्यकश्यपको अर्चनागर्न र भक्ति गर्न भनिन्छ तर उनकै छोरा प्रल्हाद भनें श्रीहरिको अनुपम भक्त हुन्छन् । राजाले आफनै बहिनी होलिकालाई काखमा आफ्नो छोरा लिएर अग्निमा बस्न आज्ञा दिन्छन् । होलिका एउटी असुर नारी थिइन जस्लाई अग्नि देवताले नजलाउने बरदान दिएका हुन्छन् । पछि अग्निले होलिकालाई आफुमा समाहित गरिदिन्छन् र भक्त प्रल्हाद भने |

श्रीहरिको कृपाले सकुशल रहन्छन् । होलिलाई उक्त वरदान एक्लै अग्नि कुण्डमा जाँदा मात्र भनि दिइएको हुन्छ तर प्रहाद सहित कुबिचारका साथमा गएकी होलिका आगोमा राख बन्दछिन् । होलिको प्रार्दुभाव यसै समयबाट भएको मानिन्छ । यसपालीको होलीमा हामीले कतिवटा रगं लगायौं, के के खायौं का अलावा कतिवटा नराम्रा बिचार र कुदृष्टिलाई तिलान्जली दिएर मनमा करुणाको नयाँ पालुवा पलाउने बनाँयौ पनि आत्मसाथ गर्न जरुरी छ ।

लाइभमाण्डु


Loading comments...