कुन अंग फर्फराउँदा के हुन्छ ?


एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै आशंका गरिरहेको हुन्छ । शरीरको विभिन्न अंग फर्फराउनुले भविष्यमा हुने घटनाबारे जानकारी दिन्छ ।समुन्द्र शास्त्र अन्तर्गत कुन अंग फर्फराउँदा भविष्यमा कस्ता घटना हुन सक्छन् भन्ने विषयमा विस्तृत रूपमा वर्णन गरिएको छ । शरीरका अंग फर्फराउनुले भविष्यमा हुने राम्रो र नराम्रो घटनाबारे संकेत गर्छ । थाहा पाउनुहाेस कुन अंग फरफराउँदा के काे संकेत गर्छ ?

१. निधार फर्फराउँदा भौतिक सुख भोगको अवसर प्राप्त हुन सक्छ ।

२. दाहिने आँखाको आँखीभौ र आँखा फर्फराउँदा चाहेका सबै इच्छा पूर्ण हुन्छ । बायाँ आँखा र आँखीभौ फर्फराउँदा शुभ समाचार प्राप्त हुन्छ । तर, यदी दाहिने आँखा फर्फराए शारीरिक कष्ट हुने गर्छ ।

३. दुवै गाला फर्फराउँदा धन प्राप्त हुन्छ ।

४. ओठ फर्फराउँदा मिल्ने व्यक्तिको आगमन हुन्छ । मुख फर्फराउँदा छोराबाट शुभ समाचार प्राप्त हुन सक्ने सम्भावना हुन्छ ।

५. चिउँडो फर्फराउँदा स्त्रीसुख मिल्छ र साथमा धनलाभ हुने सक्ने सम्भावना हुन्छ ।

६. दाहिने काँध फर्फराए धन सम्पत्ति हात पर्न सक्छ भने बायाँ काँध फर्फराउँदा सफलता प्राप्त हुने तर दुवै काँध फर्फराए झगडाको सम्भावना बढ्छ ।

७. ढाड फर्फराए केही विपदको सम्भावना रहन्छ ।

८. छाती फर्फराउँदा साथीसँग भेट हुन सक्छ । मुटुको उपल्लो भाग फर्फराए झगडा हुने सम्भावना रहन्छ ।

९. हात फर्फराए मानिस कुनै विपत्तिमा फस्न सक्छ । हातको औँला फर्फराए साथीहरूसँग भेट हुने सम्भावना रहन्छ ।

१०. दाहिने खुट्टा फर्फराए कठिनाई मना गर्नुपर्ने हुन्छ भने बायाँ खुट्टा फर्फराउँदा कतै यात्रा गर्ने सम्भावना रहन्छ ।

अहिलेको समयमा यी कुराहरुको धेरै मानिसले विश्वास गर्दैनन् । तर, यी सबै कुरा झुटो हो भनेर नर्कानु हुदैन ।


Loading comments...