
बङ्गलादेशले थप रोहिगिंया शरणार्थी धान्न सक्दैन
२७ असार २०७६, शुक्रबार ०९:००
सन् २०१७ को घटनापछि बङ्गलादेशमा म्यानमारबाट करिब ७३०,००० रोहिगिंगा शरणार्थीहरु प्रवेश गरेका थिए । सामुहिक हत्या, बलात्कार र हत्याको त्रासबाट त्रसित अल्पसंख्यक रोहिगिंया शरणार्थीहरु विगतका २ वर्षदेखि बङ्गलादेशमा शरण लिएर बसेका छन् । हुन त उनीहरु म्यानमार फर्कन पाउने बातावरणको सहजिकरणका प्रयास नगरिएका हैनन र उनीहरुलाई ससाना समुहमा फर्काउन नखोजिएको पनि हैन तर यो दीर्घकालिन समाधान भनें हैन ।
गत बुधवार बङ्गलादेशको कक्स बजारमा पुगेका संयुक्त राष्ट्र संघका पूर्व महासचिव वान्की मुनले अब बङ्गलादेशले शरणार्थीहरुको भार उठाउन नसक्ने बताएका छन् । उन्ले म्यानमार सरकारको पनि रोहिगिंयालाई स्वीकार गर्न नसकेको सकिंर्णताका लागि उपहास पनि गरे । सन् २०१७ पछि करिब २५,००० रोहिगिंया शरणार्थीको म्यानमारी सरकारी दस्ताबाट हत्या भएको प्रमाण छ । हुन त सन् २०१७ मा म्यानमार र बङ्गलादेश बिच शरणार्थीहरुलाई फर्काउन २ वर्षको समयावधिका लागि संझौता भएको छ तथापि यो ब्यबहारमा लागु भनें पटक्कै हुन सकेको छैन ।
स्मरण रहोस् नेपालमा पनि लगभग १०० को हाराहारीमा रोहिगिंया शरणार्थी रहेको पाइन्छ । भोली बङ्गलादेशबाट उनीहरु निस्कनु पर्ने र म्यानमारले अस्वीकार गर्ने अवस्थामा आसन्न देशहरु भारत, भुटान या नेपालमा शरणार्थीहरुको कदम रहने हुन्छ । भारतीय भूमिमा शरणार्थीहरुलाई स्वीकार गर्ने बातावरण नहुँदा नेपालको यस बिषयमा कस्तो निति रहन्छ ?
भुटानी शरणार्थीको जस्तो भारतीय भूमिबाट दर्दनाक अवस्थामा नेपाल आगमन रोहिगिंयाहरुको हुने त हैन ?
मनन गर्न जरुरी देखिन्छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै