भगवान श्री कृष्ण र भागवत गीता


सम्पूर्ण सनातन जगत र अध्यात्मलाई एउटै ब्यक्तित्वले जोड्नसक्छ भने ति ब्यक्तिअरु कोही होइनन, स्वं भगवान श्री कृष्ण हुनुहुन्छ । महान सस्कार, विशाल सांस्कृती र अभुतपूर्व इतिहासवोकेका श्री कृष्ण ।

त्यसै गरि सम्पूर्ण मानव जगत र विवेकललाइनै आफ्नो योगीक र अध्यात्मिक ज्ञान अनि चराचर जगतको जागरणको महत्वपूर्ण सेतुले कुनै एउटा पुस्तकले बाँध्नसक्दछ भने त्यो पुस्तक पनि भागवत गीता मात्रै हो । भारतबर्षमै सबैभन्दा धेरै प्रकाशन र वितरण भएको पुस्तकका सुचीमा हजारौँ बर्षदेखिनै भागवत गीताको नाम आउनेगर्दछ ।

श्री कृष्ण सनातन पथका एक छर्लङ्ग अनि पारदर्शि गुरु हुन् किनभने यिन्ले यस जगतका सम्पूर्ण मिठास, स्नेह र प्रेममय अविस्मरणीय मार्गहरुलाई हामीमाझ परिभाषित गर्दै अध्यात्मसँग जोडेका छन् । भागवत गीतामा धर्म भन्नाले श्री कृष्णले कुनै धर्म विशेषलाई नभनि मानवतालाई परिभाषित गरेको, मानव दायित्वलाई परिभाषित गरेका र सत्यलाई उजागर गर्ने पथको वकालत गरेको पाइन्छ , यसअर्थमा श्री कृष्ण कुनै धर्म या मार्गका प्रवर्तक भन्दा पनि मानवता र प्रेमको प्रतिमाकारुपमा लिन सकिन्छ ।

श्री कृष्ण वहुआयामिक ब्यत्तित्व हुन् जस्ले मानव जिवनका हरेक आयामहरुमा अन्तरमनको चलायमान आदर्शका आधारमा सिद्धता हासिल गरेका थिए । उनि एकजना साधु, प्रवर्तक र सन्तमात्र नभई समग्र जगत र जगतवाहिरपनि मा मानव उपस्थितीको र मानव महत्वको पूर्नपरिभाषाकार हुन् । उन्का वाक्याशं र मधुरवचनमा मानवहृदय भित्रको असिमीत इश्वरिय र अध्यात्मिक उज्यालोको ब्याख्या र सस्मरण पाइन्छ ।

भगवान श्री कृष्णका ज्ञानहरु
– असीमीत ज्ञानको भण्डार वैदिक दर्शनका पथप्रदर्शक भगवान श्री कृष्णका ज्ञानहरु भागवतका मुख्य केन्द्रविन्दु र उपनिषधका ज्ञानहरु मार्फत आत्मअनुभुतीका साचोहरुका रुपमा रहेका छन् ।
– भगवान श्री कृष्ण अर्को हिसाबमा योगका ब्याख्याकार पनि हुन् र उन्को वचन भागवत गीतापनि सम्पूर्ण रुपमा योगाको पाठहरु र विशेष अध्यात्मिक योग अभ्यास र ज्ञानको संकलन पनि छ ।
– भत्तिमार्गको अनि इश्वरियपथका प्रदर्शक श्री कृष्ण एउटा शिखर पुरुष हुन् र उनि अध्यात्म स्वरुपका मुख्य चित्र पनि हुन । कर्मयोग, ज्ञानयोग, अष्टाङ्ग योग, भक्तियोग र परिवर्तनकारी क्रियाकलापहरुका वारेमा कृष्णले अर्जूनलाई दिएका ज्ञानहरु नै भागवतको आधार हो, कुटनिती र ब्याख्यामा कृष्णलाई कसैले भेटन सक्दैन ।

संसारका धेरै सफल र वहुआयामिक ब्यत्तित्वहरु भागवत गीताका अनुयायीहरु छन् चाहे तिनी महान वैज्ञानिक अल्वर्ट आइन्सटाइन हुन या पूर्व अमेरिकि राष्ट्रपति अबा्रहम लिकंन या विश्वप्रसिद्ध सांगीतिक समुह विटल्सका जर्ज ह्यारिसननै किन नहुन । महात्मा गान्धी लगायतका धेरै अरु अन्तराष्ट्रिय ब्यक्तित्वहरुले पनि कृष्णको चरित्र लिला र भागवत गीताको खुलेर प्रशंशा गर्नुभएको छ, जिवन वाँचने सनातन निर्देशिकानै भागवत गीता हो ।

यस्वर्षपनि अन्य बर्षहरुजस्तै संसारभरि अन्तराष्ट्रिय कृष्ण भावनामृत सँघ ईस्कोनले धेरै ठाउमा भगवान श्री कृष्ण जन्मोत्सव मनाउदै छ , नेपालमा भनेँ इस्कोन परिसर श्री राधा गोबिन्दहरि मन्दिर हरेकष्ण धाम बुढानिलकन्ठ काठमाडौमा तपाइहामीसबैलाई कृष्ण जन्माष्टमीको मार्धुयतामा स्वागत गर्दछौँ । कृष्ण सँगै आत्मजागरण र स्नेहको अभुतपूर्व मेलामा यहाहरुलाई हार्दिक स्वागत छ । उक्त कार्यक्रममा कृष्ण कथा, भजन किर्तनका साथै भगवानको प्रसादम पनि वितरण गरिनेछ ।
यहाहरु सम्पूर्णलाई स्वागत छ
हरे कृष्ण हरे कृष्ण
कृष्ण कृष्ण हरे हरे
हरे राम हरे राम
राम राम हरे हरे


Loading comments...