सामाजिक सद्भाव र समर्पणको पर्व छठ


आज छठको तेस्रो र मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यको पूजाआरधना गरी अर्घ दिइँदैछ । भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ सम्पन्न हुन्छ । तिहारमा बाँकी भएका पटका, फूलझरि अनि झिरझिरेहरुले छठघाट उज्यालो हुन्छ भने छठी माताको भजन किर्तन अनि संगीतले उक्त ठाँउको रौनक अद्वितिय हुन्छ । यसरी छठपूजाको क्रममाा बज्ने अथवा सामूहिक रूपमा गाइने पारम्परीक गीतसङ्गीतमा भोजपूरी भाषाको महत्वपूर्ण स्थान र योगदान रहेको पाइन्छ ।

छठलाइ भक्त र भगवानसँग सीधा वार्ता हुने पर्वको रुपमा भनिन्छ। यो नै एउटा यस्तो पर्व हो, जसमा पुजारी र पुरोहित हुँदैनन् । किनकि छठमा अर्घ दिइने सूर्य भगवान् प्रत्यक्ष देखिन्छ । पर्व मनाउने क्रममा दसैं, दीपावली र तिहार पर्वपछि अहिले समाचकेवा सँगै विशेषगरी तराई–मधेसमा छठको तीव्र हुँदैजान्छ । सूर्य र उनको देवी रूप उषालाई छठी मैयाको रूपमा षष्ठी तिथिमा मुख्य पूजा गरिने हुनाले यो पर्वको नाम छठ भएको हो । छठले‌‌ मै‌‌थिली र‌‌ मधे‌‌सी संस्कृतिको‌‌ जीवन पद्धति र‌‌ विशिष्टतालाई प्रतिविम्बित गर्छ । वैदिक सनातन धर्ममा कठोरताका साथ समर्पित तराईवासीहरुका लागि विशेषगरी यो‌‌ पर्वको पृथकता, समपर्ण र महत्व बेजोड छ ।

आस्था र सहअस्तित्वको पर्व छठको आज तेस्रो दिन, जसलाई लोकबोलीमा ‘सझियाँ घाट’ भन्ने गरिन्छ। मानव र प्रकृतिबीचको सम्बन्धलाई छठले प्रत्येक वर्ष प्रगाढ बनाउँदै आइरहेको छ। मानव जातिको पीडाप्रति सजग गरी छठले हरेक वर्ष दीपावली समाप्तिपछि मानव र प्रकृतिबीच हराउँदै, बिलाउँदै, लोप हुँदै गइरहेको संवेदनशील रागात्मक, अटुट संवाद—सम्बन्धको सूत्रधारलाई सबलीकरण गर्दै मानव र प्रकृतिबीचको सम्बन्धलाई सुमधुर बनाउँदै आएको छ।

प्रकृती र सभ्यताको अनुपम उदाहरण छठ पर्वको हामीसबैलाई शुभकामना ! हामी सम्पूर्ण मानवहरु सूर्यको जाज्वल्यमान उपस्थिती र सूर्यदेवको हामीप्रतिको कृपाकालागी सदासर्वदा अनुग्रहित छौ । छठी माईका बिभिन्न भजन अनि किर्तनहरु बजाएर जलाशय वरपर गाडिएका केराका थम्बा अनि झिलमीलहरु ले उदाँउदो र अस्ताँउदो सूर्य लाई अर्घ्य दिँदा प्रकृती र मानव बिचको गहिरो अन्तरसम्बन्धलाई सनातन संस्कारले शदियौंदेखि पूनरपरीभाषित गरिरहेको भान हुन्छ ।

यसबर्ष पनि अन्य बर्षहरु झैं पानी अनि सूर्य दुबैले हामीमाथि कल्याण बक्सिउन्, यिनै पानीबाट उडेर जाने बाफहरु र बादलहरुले धर्तीका अवयवहरु भिजाइरहुन्, हरियाली भइरहोस् ।
सामाजिक सद्भावको पर्व छठ
जलचर थलचर सबैको कल्याण होस् । प्राणीमा प्राण होस् अनि धर्मको जय होस् । छठी माताले सबैको जय गरून् ।


Loading comments...