Lifestyle Portal
  •   २६ बैशाख २०७८, आईतवार

भाईरल बन्दै धनकुटाकी नव गायिका, फेरी आईन मिडियामा, गाईन यस्तो गीत – हेर्नुहोस भिडियो

६ मंसिर २०७५, बिहीबार ११:०२

धनकुटा । अवसर नपाउँदा जस्तो सुकै प्रतिभा भए पनि ओझेलमा पर्छ । तर, अवसर पाएपछि नयाँ प्रतिभाले पनि केही गर्न सक्छन् । यसको पछिल्लो उदाहरण धनकुटा जिल्लाको पाख्रीवास नगरपालिका वडा नं. ७ मुगाकी सुमिना बराइली ।

उनी भर्खर मात्रै गायन यात्रामा पाइला टेक्न लागेकी छन् । मिठो स्वरकी धनी सुमिना बाल्यकालदेखि नै गायनमा रुची राख्ने गर्थिन् । अहिले त्यही स्वरको सदुपयोग गर्दै गीत रेकर्डिङमा लागेकी छन् ।

अहिलेसम्म उनले कुनै गीत रेकर्ड गराएकी छैनन् । तर पनि उनका केही भिडियो भाइरल बनेको छ । उनी पछिल्ला दिनमा नव गायीकाको रुपमा उदाउँदै गरेकी गायीकाको रुपमा भाइरल बन्न थालेकी छन् ।

संगीतको कुनै औपचारिक प्रशिक्षण नलिएकी सुमिनाले आफ्नो स्वरमा पहिलोपटक गीत रेकर्ड गर्ने तयारीमा जुटेकी छन् । अहिलेका व्यस्त संगीतकार सन्तोष श्रेष्ठको संगीतमा उनले पहिलो प्रतिभा स्वरुप गीत रेकर्ड गराउँदै छिन् । जसको शब्द गोपाल बराइलीको छ ।

उनले स्कुले जीवनमा गाउँघरमा हुने कार्यक्रमहरुमा मात्रै आफ्नो कला पस्किँदै आएकी थिइन् । अहिले पनि स्थानीय स्तरमा हुने कार्यक्रमहरुमा भने गाउने गर्छिन् । हेर्नुहोस् भिडियो

 

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौं – शास्त्र र आयुर्वेदमा दिनको समय काम गर्नका लागि अनि राति चाहिँ सुत्नका लागि निर्धारण गरेका छन् । तर

बामाको । मालीकी एक महिलाले एकैपटक ९ सन्तानलाई जन्म दिएकी छिन् । २५ वर्षीया हलिमा सिसेले मोरक्कोको एक अस्पतालमा ९

काठमाडौं। अमेरिकामा एक जोडी जुम्ल्याहा दिदीबहिनी हरेक काम एकसाथ गर्ने गर्छन् । ब्रिटनी र ब्रायना डीन नामका यी जुम्ल्याहा दिदीबहिनीले

रिस कति हानीकारक छ ? कति नोक्सान पुर्याउँछ ? त्यो धेरैले आफ्नो जीवनमा अनुभव गरेकै हुन्छ । पारिवारिक जीवन विघटन