वित्तीय साक्षरता तथा सहुलियत कर्जा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न


नेपाल बैंकर्स संघको आयोजना तथा एन आई सी एशिया बैंक लिमिटेडको सहयोग तथा सहकार्यमा तेह्रथुम म्याग्लुङ्ग बजारमा नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गर्भनर ज्यूको प्रमुख आथित्यता तथा नेपाल बैंकर्स संघका अध्यक्ष श्री ज्ञानेन्द्र ढुङ्गाना ज्यूको विशेष आथित्यतामा आज वित्तीय साक्षरता तथा सहुलियत कर्जा’ सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

बैंकिङ्ग कारोबार खास गरी बैंकले प्रदान गर्ने कर्जामा सम्पूर्ण नेपाली नागरिकको सहज पहुँच स्थापित गर्न तथा राष्ट्रको उत्पादकत्व अभिवृद्धि गर्दै गरिबीको रेखामुनी रहेका सम्पूर्ण नेपालीहरुको जीवनस्तर उकास्ने अभिप्रायले नेपाल सरकारले आ.व. २०७५/७६ को बजेटमा ब्यवस्था भए बमोजिम “शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, महिला उद्यमशिल, दलित समुदाय व्यबसाय बिकास, प्राबिधिक तथा व्यावसायीक शिक्षा, भुकम्प पिडितहरुको निजी आवास निर्माण ऐवं ब्यावसायिक कृषि तथा पशुपक्षीको लागि प्रदान गरिने कर्जाहरुमा तोकिएको ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५ लाई लागु गरेको र सोही कार्यविधि अन्र्तरगत उक्त कार्यक्रममा एन आई सी एशिया बैंक लिमिटेड म्याग्लुङ्ग शाखाबाट तीन जना ग्राहक महानुभावहरुलाई व्यावसायीक कृषि परियोजना अन्र्तरगत सहुलियत कर्जा प्रदान गरिएको छ । उक्त कार्यक्रममा कर्जा उपयोग गर्ने श्री तेज बहादुर बस्नेत, बिष्णु प्रसाद सुबेदी र नरेन्द्र कुमार सुब्बालाई कार्यक्रमका प्रमुख अतिथी वरिष्ट डेपुटी गर्भनर श्री चिन्तामणी सिवाकोटीज्यू तथा बिशेषअतिथी नेपाल बैंकर्स संघका अध्यक्ष श्री ज्ञानेन्द्र ढुङ्गानाज्यूले कर्जा सुविधा प्रस्ताव पत्र हस्तान्तरण गर्नुभयो । उक्त कार्यक्रममा म्याग्लुङ्ग बजारमा स्थापित कृषि विकास बैंक, ग्लोबल आई एम ई बैंक तथा जनता बैंकका शाखा कार्यलयहरुबाट समेत ग्राहक महानुभावहरुलाई कर्जा सुबिधा प्रस्ताव हस्तान्तरण गरिएको थियो ।

एन आई सी एशिया बैंकको प्रदेश नं १ का प्रादेशिक प्रमुख श्री लक्ष्मण चालीसेज्यूले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमका प्रमुख अतिथि श्री शिवाकोटीज्यूले ग्रामीण क्षेत्रका आमसर्वसाधारण जनतालाई वित्तीय साक्षरता तथा सहुलियत कर्जाका बारेमा विस्तृत रूपमा जानकारी गराउने उद्देश्यले सञ्चालन गरिएको अन्तरक्रिया कार्यक्रममा विशेष सहयोग तथा सहकार्य गरेकोमा एन आई सी एशिया बैंकलाई धन्यवाद दिनुभयो । उहाँले यस्ता कार्यक्रममा कर्जा विस्तार गरी राष्ट्र बिकासमा थप योगदान पु¥याउन वाणिज्य बैंकहरुलाई विशेष आग्रह समेत गर्नुभयो । नेपाल बैंकर्स संघका अध्यक्ष श्री ज्ञानेन्द्र ढुङ्गानाज्यूले नेपाल सरकारका यस्ता कार्यक्रममा बैंकिङ्ग क्षेत्रबाट पूर्णरुपमा सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।

हाल एन आई सी एशिया बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २६६ शाखा कार्यालयहरु, २७४ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू। २१० अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू। १६८ अर्ब तथा कर्जा रू। १४३ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्र्दै आएको छ ।


Loading comments...