चीन र रुसको सिमामा स्वाइन फ्लुको प्रकोप: हजारौं सुँगुरहरुको मृत्यु


अफ्रिकन स्वाइन फ्लु प्रकोपको नियन्त्रण भएको एक वर्ष पनि भइसकेको छैन, फेरि चीन र रुसको सिमामा यस भाइरसको प्रकोप तिब्र भएको छ । यस संक्रमण फेरि रुसतर्फबाट आएको आशंका छ ।

रुसमा विगत १२ वर्षदेखि यस फ्लुको संक्रमण रहेको र मुख्यतया सुदुर पूर्वि भागहरुमा मात्र यस संक्रमण देखिएको थियो तर पछिल्ला दिनहरुमा देशैभरि र सिमाहरुमा पनि स्वाइन फ्लुको प्रकोप तिब्र रुपमा बढिरहेको छ ।

चीनको सिमाको केहि माइल आसपासमा नै ६० वटा जगंली र घरपालुवा सुँगुरहरुमा यस संक्रमण देखिएको हो । यदि जगंली सुँगुरहरुमा यसको प्रकोप पाइएर सर्ने क्रम शुरु भएका यस फ्लुको प्रकोप नियन्त्रण बाहिर जानेछ । यसका कारण चीन लगायत चीनीयाँ उपमहाद्धिपका धेरै देशहरु यसको चपेटामा पर्नेछन् ।
लाइभमाण्डु


Loading comments...