The Voice of Nepal

तेजिन्द्र गन्धर्बको “साँईलीरीमई” सार्वजनिक


नेपाली सांगितिक रियालिटि शो द भ्वाइस अफ नेपालको लाइभ राउन्डबाट बाहिरिएका तेजिन्द्र गन्धर्बको आफनो बास्तबिक कथामा आधारित पहिलो गित “साँईलीरीमई” सार्बजनिक भएको छ । गितका शब्दहरु ले सम्पुर्ण संगित प्रेमीहरुको मन छुने निश्चित छ । भोजपुरका तेजिन्द्रले द भ्वाइस्को ब्लाइन्ड राउन्डबाटै कोचहरुको मन जित्न सफल भएका थिए । आफनो सांगितिक बिधा अनुरुप उनले टिम प्रमोदमा रही आफनो द भ्वाइसको यात्रा शुरु गरेका थिए । द भ्वाइस अफ नेपाल लुकेका प्रतिभाहरुलाई खोज्न र उनीहरुको सपना साकार गर्न पनि सफल भएको देखिन्छ ।

निर्मला पन्तको हत्याकाण्डलाई सांरङ्गीको धुनमा निकै मार्मिक रुपमा रहेको उनको प्रस्तुती निकै रुचाइएको थियो । द भ्वाइसको यात्रा लाइभ राउन्ड सम्म रहे पनि यो सांगितिक यात्रालाई निरन्तरता दिने कुरा द भ्वाइस अफ नेपालको अाँगनबाट बाहिरिदै गर्दा बताएका थिए । लोक दोहरी गायक पशुपति शर्मा पनि तेजिन्द्रसँग काम गर्न चाहेको ब्यक्त गरेका छन् ।

सार्वजनिक गितमा शब्द डि.पि खनालको रहेको छ भने शंकर थापाले संगित भरेका छन् । म्युजिक भिडियोमा तेजिन्द्र आफै देखिएका छन । प्रस्तुत गितमा आफना जिन्दगीका बिभिन्न आरोह, अबरोहको कथाहरु प्रस्तुत गरेका छन । उनको यो सांगितिक यात्राले अझै निरन्तरता पाओस शुभकामना तेजिन्द्रलाई ।


Loading comments...