116 years

११६ बर्षे आमाको कथा


मानिसको सरदार आयु ६० -७०  वर्ष हो भन्दा फरक नपर्ला, केहि मानिसहरु १०० वर्ष सम्म बचेको पनि हामीले देखे सुनेका होलाउ   आहिलेको समयमा १०० वर्ष भन्दा बढी उमेर भएका मानिस भेट्न मुस्किल्नै छ।  संसारको सबै भन्दा बढी उमेर बच्ने मानिसको सुचिमा जापानकी मोसजो नोनाक छिन । उनि ११३ वर्षा सम्म बचेकी थिइन  र उनको मृत्यु  भैसकेको छ। तपाइँहरुलाई  सुन्दा अचम्म लग्न सक्छ नेपालमा संसार को सबै भन्दा बढी उमेर बच्ने महिला भेटिएकी छिन जसले आफु भन्दा ४ पुस्त सम्मको मुख हेरिसकेकी छिन् र राना सासन देखि गणतन्त्र नेपाल सम्मको सासन प्रणाली र ९० साल देखि २०७२ को विनासकारी भुकम्प सम्म को अनुभव गरिसकेकी छिन। उनको उमेरहिले ११६ वर्ष भैसकेको छ।

सिन्धुपाल्चोक  जिल्लाको गि मा बिक्रम सम्बत १९५९ मा जन्मिएकी बटुली लामिछाने को उमेर आहिएल ११६ वर्षा पुग्यो। उनको बिवाह गिरंचौकै छबिलाल लमिछाने संग भएको थियो। उनका ७ सन्तान हरु भएका थिए तर दुखद कुरा उनका ७ सन्तान हरु मध्ये आहिले काँचो सन्तान मात्र बाकी छन् उनका कान्छो छोरा को उमेर अहिले ७० वर्ष भयो। उनले ६ सन्तान गुमाउनुको पिडाता चाडै थियो उनका जीवन साथीको पनि आकल मै मृत्यु  भयो  । पति पनि साथमा नभए पश्चात उनि सिन्धुपल्चोव्क बाट निवाकोटको थान्ग्सिंग मा बसाई सरेकी रहिछन। उनि ११६ वर्ष पुगे पनि आझै हिड्दुल गर्न ,बोल्न , हामीले जस्तै खान खान र सामान्य घरयेसी कम घास काट्ने दाउरा टिप्ने लगाएतका कम मजाले  गर्न सक्छिन ।

उनि यति  लामो समय बच्नुमा उनको दैनिक बनि बेहोरा नै मुख्य कारण रहेको उनका सन्तति हरु बताउछन । यति  उमेर भै सक्दा  पनि उनि कम नगरी खान रुचौदिनन। कम नगरी खानु हुन्न भएर उनि अरुलाई पनि सम्झौछिं। उनि धर्म कर्ममा पनि उतिकै बिश्वास गर्छिन, कसैले उनलाई केहि कोसेली दियो भने उनि नजिकैको मन्दिरमा लगेर चडाउछिन। आझै रोचक कुर्ता यो छकि उनि यो उमेरमा पनि आझै धुम्रपान गर्छिन । पहिले त दिनमा २०-३० ओटा सम्म चुरोट खान्थिन रे तर आहिले दैनिक ४ ओटा सम्म चुरोट खान्छिन  । उनि यति  बृद्ध भैसक्दा पनि जाडो र जंगली जनावरको पर्वाह नगरी घरको पिडिमा  रहेको खाटमा  सुत्न रुचाउछिन। उनलाई अहिले नातिनी बुहारीहरुले हेरचाह गर्दै आएका छन्। छर छिमेक र परिवारजनका अनुसार यो उमेर सम्म पुगिसक्दा पनि उनि आहिले सम्म बिरामी भएर एक पटक पनि अस्पताल गएकी छैनन् ।


Loading comments...