अफ्गानीहरुलाई चित्त दुखाएको एउटा बलिवुड चलचित्रको कथा


सिमा जोडिएका अफ्गानीस्थान र भारतवर्षका देशहरुको पौराणिक कालदेखि नै बलियो सम्बन्ध छ । यद्धपि अहिले अफ्गानी सामाजिक सञ्जाल र मिडियाहरुमा एउटा बलिवुडको चलचित्र र त्यसको कथाको बिषयमा निकै आक्रोश र गुनासाहरु सुनिन थालेको छ । १८ औं शताव्दीको कथा पानीपत नामक चलचित्र भारतमा निर्माण भएको छ, सन् १७६१ मा मराठा शाषकहरु र आधूनिक अफगानीस्थानका संस्थापक अहमद शाह अशदालीको फौज बिचको लडाँई यस चलचित्रमा देखाइएको छ । पानीपत ठाँउचाँही अहिलेको नयाँ दिल्ली भन्दा ८५ किमी पर पर्दछ, यस युद्ध त्यसै ठाँउमा भएको थियो । पास्तुन समुहका नेता र अफ्गानीस्थानको दुरियन साम्राज्यका संस्थापक अव्दाली आज पनि अफ्गानीस्थानका हिरोका रुपमा स्थापित छन् । यता भारतका लागि अव्दाली चाँही क्रुर सेनाका नायक हुन् जस्ले पानीपतको युद्धमा हजारौं मराठा सेनाहरुलाई एकै चिहान बनाएर युद्ध जितेका थिए । बलिवुडले पानीपतको यसै घटनाक्रमलाई लिएर चलचित्र निर्माण गर्दैछ जहाँ अव्दालीको भूमिकालाई लिएर अफ्गानीहरुको ठूलो गुनासो छ । यस अघि पनि पद्मावत चलचित्रमा अलाउदिन खिल्जी नामक अफ्गानी राजाको चित्रण गलत रुपमा गरिएको कुरा निकै विवादमा तानिएको थियो ।

चलचित्रमा अव्दालीको पात्रलाई जब अव्दालीको छाँया पर्दछ तब मृत्युको ताण्डव शुरु हुन्छ भन्ने जस्ता संवादले जनाउन खोजिएको छ, युद्धमा सबैजना क्रुर हुन्छन् तर मुसलमान शाषक भएकाले नै धेरै क्रुरता देखाइनु चाँही एकोहोरो अभ्यास भएको विरोधीहरुको ठम्याई छ । यसै वर्ष रिलिज भएको केशरी नामक चलचित्रमा पनि अफ्गानी शाषकलाई धेरै क्रुर र अमानविय चित्रण गरिएको थियो । मुसलमान समुदायबाट आजको भारत निकै उपेक्षित भइरहेको छ चाहे त्यो नागरीकता कानुन होस् या कला या साहित्य । भारतीय शाषनको विरोध देखाउन अहिले हजारौंको संख्यामा मानिसहरुले नट माई कन्ट्री भनी सामाजिक सञ्जालमा ह्याशट्याग पनि गरेका छन् । अफ्गानी चलचित्र निर्माता हसन अमिन सुबले पानीपत पनि एउटा अनुतिर्ण चलचित्र भएको जस्ले अफ्गानी शाषकलाई फेरि अमानविय र क्रुर देखाउन खोजेको आरोप लगाएका छन् ।

लाइभमाण्डु


Loading comments...