महाभारतका महानायक भगवान् श्रीकृष्ण


महाभारत धर्म, अर्थ, काम र मोक्ष प्रदान गर्ने कल्पवृक्ष हो । यो विविध कथारूपी रत्नहरुको माला तथा अज्ञानरूपि अन्धकारलाई नाश गर्ने सूर्य हो । यस ग्रन्थको मुख्य विषय तथा यो महायुद्धका नायक भगवान् श्रीकृष्ण हुन् । निशस्त्र भएर पनि भगवान् श्रीकृष्ण नै महाभारतका प्रधान योद्धा हुन् । यसकारण सम्पूर्ण महाभारत भगवान् वासुदेवको नाम, रूप, लीला, धामको संकीर्तन हो । नारायणको नामद्वारा यस ग्रन्थको मङ्गलाचरणमा व्यासजीले सर्वप्रथम भगवान् श्रीकृष्णको वन्दना गरेका छन् ।

महाभारतको आदिपर्वमा भगवान् श्रीकृष्णको प्रथम दर्शन द्रौपदी स्वयंवरको अवसरमा हुन्छ । जब अर्जुनले लक्ष्यवेध गरेर द्रौपदी उनको गलामा जयमाला पहिराउँछिन्, तव कौरवपक्षका मानिस र अन्य राजा मिलेर द्रौपदीलाई पाउनका लागि युद्धको योजना बनाउँछन् । त्यस समय भगवान् श्रीकृष्णले उनीहरुलाई भत्रुहुन्छ, यि व्यक्तिहरुले द्रौपदीलाई धर्मपूर्वक पाएका हुन्, यसकारण हजूरहरु अकारण उत्तेजित हुनु पर्दैन । भगवान् श्रीकृष्णले धर्मको पक्ष लिएको देखेर सबैजना शान्त भए र द्रौपदीका साथ पाण्डववहरु सकुशल आफ्ना निवास तिर गए । धर्मराज युधिष्ठिरको राजसूययज्ञमा जब यो प्रश्न उठ्यो, त्यहाँ सर्वप्रथम कसको पूजा गरिन्छ, तब त्यस समय महात्मा भीष्मले भने, वासुदेव नै यस विश्को उत्पत्ति एवं प्रलयस्वरूप हुन् । यस चराचर जगत्का अस्तित्व उनी द्वारा छ । वासुदेव नै अव्यक्त प्रकृति , सनातन कर्ता र समस्त प्राणिहरुका आश्रय हुन् । यसकारण उनी नै पूजनीय छन् । भीष्मको यस भनाइमा चेदिराज शिशुपालले श्रीकृष्णको प्रथम पूजाको विरोध गर्दै उनको कठोर निन्दा ग¥यो र भीष्मपितामहलाई पनि जे पायो तेही भन्यो । भगवान् श्रीकृष्णले धैर्यपूर्वक कठोर वचनहरुलाई सहि रहनुभयो र जब उसले सीमा नाघ्न थाल्यो तब उहाँले सुर्दशन चक्रद्वारा उसको शिर शरिरबाट अलग गरिदिनुभयो । सबले हेर्दाहेर्दै शिशुपालको शरीरबाट एक दिव्य तेज निस्कीयो र भगवान् श्रीकृष्णमा मिल्न गयो । यस अलौकिक घटनाले यो सिद्ध हुन्छ जति पनि ठूलो पापी किन नहोस् , भगवान्को हातद्वारा मारिएर उसले सायुज्य मुक्ति पाउन सक्छ ।

पाण्डववहरुका एकमात्र रक्षक त भगवान् श्रीकृष्ण नै हुनुहुन्थ्यो । उहाँ कै कृपा र युक्तिद्वारा नै भीमसेनबाट जरासन्ध मारियो र युधिष्ठिरका राजसूययज्ञ सम्पत्र भयो । राजसूययज्ञको दिव्य सभागार पनि मयदानवले भगवान् श्रीकृष्णकै आदेशद्वारा नै बनायो । जुआमा पराजित भएका पाण्डववहरुकी पत्नी द्रौपदी जब पुरैे सभामा दुशासनद्वारा नग्न भइरहेकी थिईन्, तब उनको करुण पुकार सुनेर तिनै वनमालीले वस्त्राअवतार धारण गर्नुभयो । शागको एउटा पात खाएर भक्तभयारी भगवान्ले दुर्वासाको रिसद्वारा पाण्डवहरुको रक्षा गर्नुभयो ।

युद्धलाई रोक्नका लागि श्रीकृष्ण शान्तिदूत बत्रुभयो तर दुर्योधनको अहंकारको कारण युद्धारम्भ भयो र राजसूययज्ञको अग्रपूज्य भगवान् श्रीकृष्ण अर्जुनको सारथि बत्रुभयो । संग्रामभूमिमा उहाँले अर्जुनको माध्यमद्वारा विश्रवालाई गीतारूपी दुर्लभ रत्न प्रदान गर्नुभयो । भीष्म, द्रोण, कर्ण र अश्रत्थामा जस्ता महारथिहरुको दिव्यास्त्र बाट उहाँले पाण्डववहरुको रक्षा गर्नुभयो । युद्धको अन्त्य भयो र युधिष्ठिरका धर्मराज्य स्थापित भयो । पाण्डववहरुका एकमात्र धरोहर उत्तराका पुत्र परीक्षित् अश्रत्थामाको ब्रह्मस्त्रको प्रभावद्वारा मृत जन्मिए, तर भगवान् श्रीकृष्णका कृपाले नै उनलाई जीवनदान मिल्यो । अन्त्यमा गान्धारीको श्रापलाई स्वीकार गर्दै महाभारतका महानायक भगवान् श्रीकृष्णले उदण्ड यादवकुललाई एक आपसमा गृहयुद्धमा संहार गर्दै आफ्नो मानवी लीलालाई विश्राम दिनुभयो ।

शक्ति रेग्मी

 


Loading comments...