बोईगं जहाजको यस दशकमै सबैभन्दा कम माग भयो


७३७ म्याक्स जहाजहरु क्रमश ईथोपियन एयरलान्स र लायन एयरको दुर्घटना पछि विश्वभरि नै ग्राउण्डेड गरिएका छन् । यस जहाजको मोडलमा भएको एमक्याश भन्ने संयन्त्रले जहाजलाई उडानको समयमा अटोमेटिक हिसाबले पुच्छर तल भएमा माथि लैजाने गर्दछ तर यसका पाइलटहरुलाई एमक्याशको बारेमा जानकारी र तालिम नदिइनु नै दुर्घटनाका कारक भएको बताइन्छ । उडेका केहि समयमा नै जहाजको कम्प्यूटर प्रणाली र मनविय नियन्त्रणको तालमेल नमिलेपछि ईथोपियन एयरलाइन्स र लायन एयर केहि महिनाको आसपासमा दुर्घटना भयो, त्यसपछि चीनले बोईगं जहाज सबै ग्राउण्डेड गर्यो भनें विश्वभर यी मोडलका जहाजहरु त्रासका कारण मात्र बन्नपुगे ।

विगतका ११ वर्षहरुमा बोईगंको माग सर्वाधिक कम भएको सन् २०१९ लाई तोकिएको छ, यसका साथै उडान जहाजहरु निर्माणमा अमेरिकी वर्चस्व कम हुँदै गएर यूरोपेली एयरवसका श्रृखलाहरु बढि बिश्वासी भएको पनि अड्कल गरिएको छ ।

 

 

के बोईगं ७३७ म्याक्स ८ सुरक्षित छ ?

बोइङ जहाजले यस वर्ष बोनस नबाँड्ने घोषणा


Loading comments...