अमित शाहको बर्हिगमन संगै भाजपाका नयाँ प्रमुख चयन


भारतीय सत्तारुढ पार्टी भाजपाका मेरुदण्ड, मोदीका थिङक ट्याङक र हिन्दुवादी निर्णयहरुका पृष्ठभूमि निर्माता अमीत शाहको भारतीय जनता पार्टीमा पदावदी सकिएको छ भनें प्रधानमन्त्रीका अति निकट मानिने अर्का नेता जगत प्रकाश नाडालाई नयाँ प्रमुख चयन गरिएको छ । अमित शाह अहिलेसम्म चाँही गृह मन्त्री र भाजपाका प्रमुख दुबै पदमा वहाली थिए भनें अब पार्टीको नेतृत्ववाट मुक्त भएका छन् ।
जगत प्रकाश नाडा एउटा पुराना अनि सिद्धहस्त कानुबिज्ञ र प्रधानमन्त्री मोदीका अति निकट सहयोगी पनि मानिन्छन् । नाडा सर्वसम्मतले चयन भएको भाजपाले जनाएको छ ।

नागरीकता बिधेयक, राम मन्दिर काण्ड लगायत थुप्रै भाजपाका निर्णहरुले गर्दा पश्चिक स्टेटहरु जस्तै महाराष्ट्र, राजस्थान, पूर्वमा झारखण्ड अनि मध्यमा छत्तिसगढहरुमा भाजपाको घट्दो प्रभाव अनि मोदी र अमित शाह बिरुद्धको जनलहरलाई कसरी ब्यबस्थापन गर्दै आँउदा चुनावी दौरानमा भाजपालाई कसरी लोकप्रीयताको शिखरमा लैजाने भन्ने बिषयमा नाडालाई चुनौति भनें प्रशस्त छ । भारतका केहि ठूला राज्यहरुमा अबको दुई वर्ष भित्र चुनाव हुँदै छ अनि भाजपाको चुनावी शक्तिलाई सन्तुलन गर्दै बिजयको लहर अघि बढाउन पनि प्रकाशलाई चुनौति भएको मानिन्छ । प्रकाशले सन् १९८० मा राष्ट्रिय स्वयम सेवक संघ को आवद्धता लिएका हुन् भनें त्यसपश्चात सन् १९९० देखि त उनी मोदीका कनिष्ट सहयोगी र सल्लाहकार भएरै कार्यरत छन् । अघिल्लो सरकारमा नाडा स्वास्थ मन्त्री पनि थिए, गत वर्षको जुन महिनाबाट नाडा पार्टीका उप प्रमुखका रुपमा कार्यरत थिए । हेरौं भाजपाको हिन्दु सेप्रमेसिस्ट एजेण्डालाई नाडाले कसरी सन्तुलन गर्नेछन् ।

लाइभमाण्डु


Loading comments...