ईटालीलाई चीनको साथ


चीनले कोरोनाको कहरलाई मजवुतीका साथ नियन्त्रण गरिदिएको बताइन्छ, शुरुमा चीनको समुन्द्री शहर हुवानबाट शुरु भएको यस संक्रमण अहिले चीनमा त कम भयो तर यूरोपमा झनै बिकराल भएको छ । चीनसंग निकट ब्यापारको समबन्ध राख्ने यूरोपको देश ईटाली अहिले झनै चपेटामा परेको हो, श्रोतका अनुसार ईटालीमा भएका छालाजुत्ता कारखानामा चीनबाट भारी मात्रामा छाला निर्यात गरिन्थ्यो र शायद तिनै छालामा आएका कोरोनाका जिवाणुहरु नै ईटालीको संक्रमणको मुख्य कारक हुन सक्दछन् ।

ईटालीले आफ्ना नागरीकहरुलाई क्वारेन्टाइन गरेर घरमा नै बस्न भनेंको छ, ईटाली अहिले शोक र सन्तापमा डुबेको छ । ईटालीलाई सहयोग गर्न चीनले आफ्ना डाक्टर र मेडिकल समुहको एउटा टिमलाई ईटालीतर्फ रवाना गरिसकेको छ, यिन तिनै टिम हुन् जस्ले अहोरात्र खटेर हुवानमा संक्रमण नियन्त्रण गरेका थिए ।

लगभग १२००० भन्दा बढि ईटालीमा कोरोना पोजिटिभ भेटिएका छन् । ईटालीमा १९०० हाराहारीको मृत्यु भएको यस संक्रमणको ईटालीमा पछिल्लो अपडेट अनुसार २४७४७ केसहरु पत्ता लागेका छन् । चीनले १० हजार पल्मोनरी भेन्टीलेटरहरु, २० लाख फेस मास्क र २० हजार प्रोटेक्टीभ सुट्स ईटालीलाई प्रदान गरिसकेको छ ।

लाइभमाण्डु

ईटालीको एउटा कोरोना भाइरस रेडियो स्टेशन
चीनपछि ईरानभन्दा धेरै ईटालीमा कोरोना भाइरसको संक्रमण


Loading comments...