कोरोना कहर कि अवसर


कुनै पनि विपत्ति होस् या महामारी पूर्व सूचना दिएर आउँदैन । यसको भविष्यवाणी पनि कसैले गर्न सक्दैन । मानव समुदाय कसैले नसोचेको र विश्वभर फैलिएको हालको जल्दोबल्दो अवस्था हो कारोना कहर अनि यसले निम्त्याएको आर्थिक संकट । कारोनाको कारण विश्वभरकै अर्थतन्त्रको अवस्था डामााडोल छ भने नेपालमा पनि आर्थिक संकट देखिएको छ । यसका साथसाथै बेरोजगारी समस्या पनि उत्पनन्न हुन थालेको छ । विश्वको नक्सामा सानो हाम्रोे देश नेपाल जहाँ जनसंख्या पनि कम छ तर विकासको भने प्रचुर सम्भावना छ । यद्यपि राजनैतिक अस्थिरताको कारण र दूरदर्शी नेतृत्त्व गर्न सक्ने क्ष्मता नभएको नेताहरु भएका कारण नेपालले विकासमा फड्को मार्न सकेको छैन ।

कुनै जमानामा पाठ्यपुस्तकमा नेपाल एक कृषि प्रधान देश भनेर पढ्ने गरिन्थ्यो तर हाल यहाँको कृषि योग्य जमिनको कूल ५५५ भूमिमा मात्र कृषि गरिन्छ । छिमेकी मुलुक भारतको कुना काप्चाबाट सजिलै तरकारी, फलफुल, कृषिजन्य उत्पादन र अन्य सामग्री सहजै राजधानी भित्र्याइरहँदा आफ्नै देशको गाउँ ठाउँमा पसिना बगाएर उत्पादन गरेको सामग्रीहरु नेपालले राजधानी भित्र्याउने हिम्मत गर्न सकेको छैन ।

नेपालमा रोजगारी छैन । बेराजगारी भैयो भन्दै ठुलठुला कुरा गर्ने हामी नेपाली यहाँ भएको सुन उब्जने जमिनलाई बाँझो राखी विदेशमा गएर जस्तोसुकै कार्य पनि तत्पर हुन्छौ । राजधानीभित्र रहेका खेतियोग्य जमिनलाई प्लटिङ गरी कोलाहल शहर बनाई आफ्नो भान्छामा आवश्यक पर्ने नुन तेलदेखि लिएर सम्पूर्ण खाद्य सामग्री विदेशी प्रयोग गर्दै रमाउँछौँ हामी । शिक्षाको जस्तोसुकै विकास भएपनि त्यसको व्यावहारिक कुरामा हामी अझै चुकेका छौँ । कामलाई अझै पनि ठुलो र सानो भनी छुट्याउने सङकुचित सोच हामीमाझ विद्यमान छ । स्वदेशीभन्दा विदेशी सरसामान प्रयोग गर्दा आफूलाई अरुभन्दा निकै ठुलो ठान्ने हामी नेपालीहरु स्वदेशमा केही काम छैन भनी आफ्नो पुर्खौदेखिको सम्पत्ति साहुकोमा बन्दकी राखी विदेशिनको लागि पैसाको जोहो गर्छौ।

अब एकपटक नियालेर यता हेरौ त हाम्रो घर वरपर कपाल काट्नेलाई हेर्नुहोस् भारतीय ।आइसक्रिम बरफ बेच्ने भारतीय । हाम्रो घर आँगनसम्म तरकारी र फलफुल ल्याउने भारतीय चटपट, पानीपुरी भुजा बेच्ने भारतीय । विभिन्न चोक ,गल्लि, गाउँ सबतिर पुगेर कवाडि संकलन गर्ने भारतीय । प्रत्येक घरघरमा पुगेर कम्बल शीरक डस्ना बनोउने भारतीय । माछा ,अण्डा घरघरमा पुर्याएर बेच्ने व्यक्ति भारतीय । घर निर्माण गर्दा दण्डी बाँध्ने प्लास्टर गर्ने, टाइल तथा मार्बलको काम गर्नेदेखि लिएर सम्पूर्ण काम गर्ने भारतीय । नेपालमा भएका साना ठुला गार्मेन्ट कम्पनीदेखि लिएर सिमेन्ट दण्डी उत्पादन गर्ने जस्ता ठुला कम्पनीमा काम गर्ने कामदार भारतीय छन् । नेपालमा भएका ८०५ ठुला कम्पनि स्थापना गर्ने भारतीय व्यक्ति नै छन् । सानादेखि ठुला कामसम्म सबै क्षेत्रमा भारतीयले नेपालमा आफ्नो कब्जा जमाउन सफल भएको छ ।

तर हामी नेपालीहरु बेरोजगार भयौ भन्दै सरकारलाई गाली गछौै । भारतीयले गरेका सम्पूर्ण कुराहरु हाम्रो आँखा अगाडि नै छलङ्ग हुँदा पनि ठुला कुरा गर्दै बस्ने हामी नेपालीहरुको आफूभित्र भएको संकुचित सोच बदल्नेपो होकि रु हामीले सानो ठान्ने कामको सम्मान गर्न सिक्ने ठुलो अवसर हो कोरोना कहर । माथि उल्लेख गरिएका कुनै पनि काम तपाईँ हामी मिलेर गर्ने हो भने बेरोजगारी समस्याम धेरै हदसम्म कमी आउने निश्चित छ । कोरोनाको कारण विदेशिएका काम गर्न सक्षम युवा जमात् आफ्नै देश फर्केका छन् । यदि यसलाई अवसरको रुपमा लिने हो भने हाम्रो देशले पनि विकासको फड्को मार्न सफल भई देश संवृद्धि हुने कुरामा दुईमत छैन । अरुले के सोच्ला के भन्ला वा अरुले गरेन भन्नुभन्दा पनि राम्रो कार्यको सुरुवात आफैँबाट गरौ । आफ्नै देशमा परिवारसँगै बसेर महेनत गरौ र स्वदेशमै आत्मनिर्भर बनौ ।