repair road

सिर्दाथ राजमार्ग ३ दिन बन्द हुने


आजदेखि सिद्धार्थ राजमार्ग अन्तर्गतको तानसेन–बुटवल सडकखण्ड ३ दिनका लागि बन्द हुने भएको छ । मंशिर १६ देखि १९ गतेसम्म बिहान १० बजेबाट बेलुका ४ बजेसम्म सडक मर्मत हुने भएपछि आवत जावत बन्द हुने भएको हो ।

तानसेन–बुटवल सडक खण्डको भुतखोला देखि बुटवलको चिडियाखोलासम्मको सडकमा रहेका ढंगा फुटाएर हटाउनुपर्ने भएकाले मंसिर १७ देखि १९ गतेसम्म बिहान १० देखि बेलुका ४ बजेसम्म बाटो बन्द रहने सडक डिभिजन कार्यालय, पाल्पाका सूचना अधिकारीले जानकारी दिए ।

अत्यावश्यकीय एम्बुलेन्स लगायतका सवारी साधनलाई भने आवतजावत गर्न सक्ने कुरा जनाइएको छ । सडक डिभिजन कार्यालयले आवतजावतमा भएको असुविधा लागि मध्ये नजर गर्दै बैकल्पीक उपाय अपनाउन आग्रह गरेको छ ।


Loading comments...