The Voice of Nepal

के भयो “द भ्वाइस अफ नेपाल “को मञ्चमा आइतबार


द भ्वाइस अफ नेपालको मञ्चमा आइतबारको श्रृखंलामा नेपाली सांगितिक क्षेत्रका युवाको मनका ढुकढुकी अनिल सिहं अतिथिको रुपमा देखिए । अफनो बहुचर्चित गित आई लभ यु को प्रस्तुतिमा दर्शकहरु रमाइरहेका थिए । कोचहरुले आफना ट्यालेन्टहरुको हौसला बढाउनको लागि ट्यालेन्टहरु प्रति आफना् सांगितिक प्रस्तुति सर्मपित गरे, जसले ट्यालेन्टहरुमा थप उर्जा थप्न सफल थिए ।

स्वास्थ्य अवस्थाले राम्रो नहुँदा पनि ट्यालेन्ट विद्या तिवारीले आफनो प्रस्तुति प्रस्तुत गरिन् । उनकै स्वरमा रहेको गित “पिच रोड” जुन युटुव मा धेरै रुचाइएको छ । शैलेश्वरी आर.एल सिहंले डुब्न देऊ मलाई तिम्रो नयनमा भन्दै सम्पुणलाई सांगितिक सागरमा डुबाउन सफल देखिइन् । टिम अभायाबाट कुशल बोजेड प्रस्तुतिका साथ देखिए , साच्ची नाम जस्तै उनी आफनो प्रस्तुतिमा निकै कुशल देखिए । अनु शाक्यले नेवा संस्कृतिलाई संगित मार्फत प्रस्तुत गरिन । हिजोको श्रृखंलाबाट सेमिफाइनलको यात्राको लागि दुई ट्यालेन्टहरु छानिनेछन । शनिबार टिम दिप बाट सि.डि.बिजय अधिकारी र राजू तामाङ्ग तथा टिम प्रमोदबाट सुरेखा क्षेत्री र सिर्जय थपलिया मध्येबाट दर्शकहरुको भोटको आधारमा सि.डि.बिजय अधिकारी र सिर्जय थपलिया सेमिफाइनलमा प्रवेश गरेका छन् ।

द भ्वाइसको मञ्च अन्य सांगितिक रियालिटि शो भन्दा पृथक यो अर्थमा पनि छ कि , ब्याटल राउन्डमा कोच अभायले आश्रा कुबँरको साथ रोजेकी थिइन , सिर्जयको यात्रालाई निरन्तरता दिन कोच प्रमोदले उनलाई स्टील गरेका थिए, र हिजोको श्रृखंलाबाट सेमिफाइनलको यात्रामा सुरक्षित भए । यहाँ आवाजले सधै कोचको साथ र हौसला पाइरहन्छ । अबको श्रृंखलामा सेमिफाइनलका सम्पुण ट्यालेन्टहरुले आफनो प्रस्तुति प्रस्तुत गर्नेछन् ।

कतारको दोहामा हुन गइरहेको फाइनलको तयारी तिब्र हुदैछ । फाइनलको लागि प्रत्येक टिमबाट को को पुग्ने हुन, त्यो भने दर्शकहरुको भोटिङ्गको आधारमा निर्धारण हुनेछ । विभिन्न सांगितिक, राजनैतिक, कलाकार तथा देश विदेशमा हुने सबैको साथ द भ्वाइस अफ नेपाल तथ द भ्वाइस अफ नेपालका ट्यालेन्ट हरुले पाईरहेका छन् ।


Loading comments...