dhading bahas

धादिङमा पहिलोपल्ट ‘संसदीय बहस’को अभ्यास सम्पन्न


धादिङ जिल्लामा पहिलो पटक विद्यालयस्तरीय संसदीय बहस कार्यक्रम थाक्रेको महाकाली मद्यमिक विद्यालयमा सम्पन्न भएको छ ।
थाक्रे गाँउपालिकाको आयोजना र बहसकर्ता नेपालको प्राविधिक सहयोगमा भएको कार्यक्रमा जिल्लाका १७ टोली सहभागि थिए । पहिलो दिन प्रशिक्षणबाट सुरु भएको बहसमा चार चरण पार गरि फाइनल प्रतियोगिता भएको थियो । समापन समारोहमा कार्यक्रमका सभापति एवं गाँउपालीकाका अध्यक्ष राम कुमार आचार्य र प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले विजेतालाइ ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । बहसमा बाघभैरब विद्यालयका श्रीकृष्ण सुवेदी र लिलाकाली माविका सुसान रिजालको टोली विजय भएको थियो भने प्रतियोगिताकी उत्कृष्ट वक्ता सरिता बस्नेत घोषित भइन ।

मंसिर १४ र १५ गते सम्पन्न कार्यक्रममा विद्यार्थीहरुले संसदमा नीति बनाँउदा हुने प्रकृयाको नमुना अभ्यास सिकेका थिए । दुइ फरक सदनमा सरकार पक्ष र प्रतिपक्षको रुपभा उभिएर संसदीय ढाँचामै बहस गराइएको प्रतियोगिताका मुख्य निर्णायक एवं बहसकर्ता नेपालका सह-सँस्थापक हरीशप्रसाद भट्टको भनाइ छ ।

समापन समारोहमा बोल्दै गाँउपालिका उपाध्यक्ष अम्बिका रुपाखेतिले यस्तो नौलो अभ्यासले विद्यार्थीहरुमा उर्जा र सिर्जना भरिएको र यस्ता कार्यक्रम गर्दै जाने प्रतिक्रिया दिनुभएको थियो ।

dhading bahas dhading bahas dhading bahas dhading bahas


Loading comments...